जिल्ला प्रहरी कार्यालय कोरोना हटस्पट, तीन दिनमा २५ जनामा संक्रमण

बाँके । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँके कोरोनाको हटस्पट बनेको छ । दैनिक रुपमा हुने कोरोना परीक्षणबाट प्रहरी कार्यालयका प्रहरीहरुमा कोरोना पुष्टि हुने क्रमसंगै हटस्पट कार्यालय बनेको हो ।

पछिल्लो तीन दिनमा प्रहरी कार्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट बुधबार ३ जना, बिहीबार १ जना शुक्रबार दिउँसो जारी गरिएको पहिलो लटको विवरणमा ४ जना साँझ सवा ६ बजे जारी भएको दोस्रो विवरण अनुसार १७ जनामा कोरोना संक्रमण फेला परेको छ ।

हाल जिल्ला प्रहरी कार्यालय हटस्पट बनेपनि केही समयअघि इलाका प्रहरी कार्यालय कोहलपुर र वडा प्रहरी कार्यालय नेपालगञ्ज समेत हटस्पट बनेको थियो ।

Previous articleप्रदेश ५ को रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु
Next articleबन्दाबन्दीमा १७ महिला तथा बालबालिका हराए, पाँच मात्रै फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here