
बाँके । बन्दाबन्दीका समयमा पश्चिममा १७ जना महिला तथा बालबालिका हराएका छन् । मावन बेचबिखनको नियन्त्रण तथा रोकथाम कार्यमा सक्रिय माइती नेपाल नेपालगञ्जका अनुसार बन्दाबन्दीका समयमा मात्रै १७ जना महिला तथा बालबालिका हराएका हुन ।
माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार बन्दाबन्दीका अवधिमा कार्यालयमा १७ जना हराएको निवेदन परेको छ । निबेदन परेपछिको खोजतलासका क्रममा हराएकामध्ये ५ जनालाई फेला पारिएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।
बाँकी १२ जना अझै हराइरहेका छन् । बिभन्न देश तथा नेपालका बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु फर्किएर आफ्नो थाक–थलोमा आउनु, रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलिरहेको संयोजक कोइरालाको भनाई छ ।
मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा जारी गरिएको तथ्याँक अनुसार यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहि जोखिमपुर्ण यात्रामा रहेका ५ सय ७७ महिला बालबालिकालाई नेपाल–भारत सिमाना जमुनाहा नाकाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गरिएको छ ।
त्यस्तै यही अवधिमा ५ सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि निबेदन परेकोमा २ सय ८० जना फेला परेका छन् ।





