ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

एजेन्सी । ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ ।

बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ ।

बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बन्नुभएको हो ।

यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी हुनुभएको हो । विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गर्नुभएको छ ।

Previous articleसमानुपातिकको बन्दसूचीबाट ५ सय ५० जनाको नाम आयोगले हटायो
Next articleनेपालगञ्जको बिपी चोक नजिकैको एक गोदाममा भिषण आगलागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here