नेपालगञ्जको बिपी चोक नजिकैको एक गोदाममा भिषण आगलागी

नेपालगञ्ज । नेपालगञ्जको बिपी चोक नजिकै रहेको एक गोदाममा आगलागी भएको छ । बिपी चोक नजिकै रहेको मयंक पेट्रोल पम्प नजिकै उत्तरतर्फको एक गोदाममा मंगलबार राती करिब ९ बजेतिर आगलागी भएको बताइन्छ ।

आगलागी संगै जोडिएका अन्य पसलहरुमा समेत सल्किएको छ । आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाको दमकलले प्रयास गरिरहेको छ भने स्थानीयसंगै प्रहरी पनि खटिएको छ ।

दिपावलीका अवसरमा पडकाइएको पटकाको झिल्कोले आगलागी भएको बताइएको भएपनि यो समाचार तयार पार्दासम्म आधिकारीक जानकारी आउन बाँकी रहेको छ ।

Previous articleऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त
Next articleनेपालगञ्जबाट छुटेको बस कुसुम नजिकै दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here