नेपालगञ्जबाट छुटेको बस कुसुम नजिकै दुर्घटना

Photo : Arjun oli

नेपालगञ्ज । नेपालगञ्जबाट नारायणघाट छुटेको यात्रुबाहक बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । बुधबार बिहान नेपालगञ्जदेखि नारायणघाटका लागि छुटेको ना ६ ख ९६७६ नम्बरको बस ठुलो दुर्घटना हुनबाट जोखिएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुमको सौरी नजिक लालमटिया डाँडामा पट्टामा समस्या देखिएपछि बुधबार बिहान दुर्घटनामा परेको प्रहरी चौकी कुसुमका प्रमुख पुस्करराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नारायणघाट जाँदै गरेको बस बिहान पौने ९ बजे दुर्घटनामा परेको हो । बसको पट्टामा समस्या भएपछि बसको टायर नालामा पुगेर दुर्घटना भएको छ ।

दुर्घटनामा सवार सबै यात्रु सकुशल रहेका छन् । ‘ठुलो क्षति हुनबाट जोगिएको छ,’ प्रहरी चौकी प्रमुख जोशीले भन्नुभयो, ‘बसमा सवार सबै सकुशल छन् । प्रहरीका अनुसार बसमा ३५ जना यात्रु सवार थिए ।’

Previous articleनेपालगञ्जको बिपी चोक नजिकैको एक गोदाममा भिषण आगलागी
Next articleबियरको बोतलले हानेर दुई जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here