
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ बारमौजामा बियरको बोतलले हानेर दुई जना घाइते भएका छन् ।
गएराति तुलसीपुर उपमहानगरपालिका-३ बारमौजाका टीकाराम केसी लगायतको समूहले सामान्य विवादमा बियरको बोतलले हान्दा १९ वर्षीय आशिष थापा र २२ वर्षीय झरेन्द्र थापा घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते दुवै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






