नेपाली कांग्रेस खजुरा–४ का सभापतिको राजीनामा अस्वीकृत

बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ का सभापति बल बहादुर केसीको राजीनामा अस्वीकृत भएको छ । सभापति केसीले घरायसी कारण देखाउँदै कार्यसमिति समक्ष बुझाएको राजीनामा शुक्रबार बसेको कार्यसमितिले अस्वीकृत गरेको हो ।

गत भाद्र ११ गते घर व्यवहारका कारण सभापति जस्तो गरिमामय पदमा बसी काम गर्न नसक्ने भनी कांग्रेस खजुरा गाउँपालिका वडा न–४ कार्यसमितिलाई सभापति केसीले राजीनामा बुझाउनुभएको थियो ।

शुक्रबारको बैठकले उहाँको राजीनामा अस्वीकृत भएपछि केसीले शनिबार एक बिज्ञप्ति जारी गरी वडा कार्यसमितिले आफुलाई पुन : सभापतिका रुपमा काम गर्न जिम्मेवारी दिएकोप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै उहाँले वडा नं–४ का सम्पूर्ण कांग्रेसीहरुलाई एकताका साथ अघि बढ्न अनुरोध गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

Previous articleबन्दाबन्दीमा १७ महिला तथा बालबालिका हराए, पाँच मात्रै फेला
Next articleभेरीको परीक्षणबाट शनिबार १६ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here