
बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट शनिबार १६ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक गरिएको १९२ को कोरोना परीक्षणबाट शनिबार १६ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेहरुमा जिल्ला प्रहरीका कार्यालय बाँकेका थप १ जनासहित नेपालगञ्जका ६ जनामा कोरोना देखिएको छ ।
त्यस्तै कोहलपुरका १, गुलरिया बर्दियाका ३, बाँसगढीका १, बढैयातालका १, राजापुरका १ सुर्खेतका १ र कालिकोटका १ जनामा कोरोना देखिएको अस्पतालको परीक्षण रिर्पोटले देखाएको हो ।






