
हरि अधिकरी
खजुरा । आउदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारी हुँदै गर्दा दलहरु बिगतदेखि नै आफ्नो पार्टी नसच्चिएको भन्दै बाँकेको खजुरा गाउँपालिकाका नेकपा एमालेका युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बाँके क्षेत्र नं.३ को मुटु मानिने खजुरा बजारका बिकास सापकोटाको नेतृत्वमा शनिबार नेकपा एमाले पार्टीमा आवद्ध ५५ जना युवाहरु बाम गठबन्धनलाई निर्वाचनमा सघाउने पार्टी प्रवेश गरेका हुन् ।
बिगतको नेतृत्वप्रतिको आक्रोश तथा गठबन्धनले अगाडी सारेका उम्मेदवार किशोर सिंह राठौरप्रतिको आशाका कारण यो प्रबेशको लहर जागेको सापकोटाको भनाइ छ ।
भाषण मात्र गर्ने तर काम चाँही आफ्नो मान्छेलाई मात्र अवसर् दिने हरेक कुरामा पक्ष पात गर्ने गरेको युवाहरुले एमाले परित्याग गरेको बताएका छन् ।





