
नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि स्वातन्त्र उम्मेदवार दिएका डाक्टर विनोद कर्ण यतिबेला चुनावी प्रचारका लागि मतदाताको घर–घरमा ब्यस्त बन्नुभएको छ ।
प्रत्येक मतदातालाई भेट्नु पर्छ भन्ने उहाँको मान्यताका कारण उहाँ प्रत्येक मतदातालाई भेट्ने अभियानमा हुनुहुन्छ । डाक्टर कर्ण दिनभर नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ क्षेत्रमा ब्यस्त रहनुभयो ।
डाक्छर कर्णले वडा नम्बर रहेको धम्बोझी, वाटरपार्क क्षेत्रका मतदाताको घर–घरमा पुगेर भेट्नुभयो । स्वास्थ्य क्षेत्रबाट उदायका बाँकेका परिचित डाक्टर कर्ण आफ्ना एजेण्डा प्रत्येक मतदाताले थापा पाउनु पर्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘जनतालाई तामझाम चाहिएको छैन र तामझामका साथ चुनाव प्रचार गर्न पनि आवश्यक छैन । बस आफ्नो एजेण्डा जनतालाई बुझाउन सक्नु पर्छ ।’ डाक्टर कर्ण जनताले देखावटीभन्दा वास्तविकतालाई विश्वास गर्ने गरेको बताउनुभयो ।
चुनावी प्रचारका क्रममा डाक्टर कर्णप्रति मतदाता सकारात्मक देखिने गरेका छन् । कर्ण हार जितका लागि मात्रै चुनावी प्रचारमा नहिँडेर जनतालाई विश्वास दिलाउन हिँड्नुपर्ने बताउनुहुन्छ ।





