कोभिड–१९ रिर्पोट व्यवस्थापन गर्ने प्रणालीको बिकास

बाँके । अहिलेको महामारीका बेला घरमै बसेका व्यक्तिलाई सर्तकता अपनाउन सहयोग पु¥याउने कार्यलाई मध्यनजर गर्दै प्रबिधि (डिभाईस) को बिकास गरिएको छ ।

कोरोना महामारीको प्रकोपलाई केही हदसम्म नियन्त्रणको भुमिका निर्वाह गर्न सक्ने र व्यक्तिलाई तत्काल सूचना पु¥याउने गरी नेपालगञ्जस्थित आर जि डिजिटल नेपालले कोभिड–१९ रिर्पोट व्यवस्थापन प्रणालीको (डिभाईस) बिकास गरेको हो ।

चारैतिर कोरोनाको जोखिम छ, स्वाब संकलन गराउनुभएका धेरै व्यक्तिले कसरी आफ्नो रिर्पोट पाउने भन्ने जानकारी पनि छैन, संचालक यादवले भन्नुभयो, जसले गर्दा सर्वसाधारणले कोरोना जाँच गराएको रिर्पोट प्राप्त गर्न सकेका छैनन्, यही समस्या समाधानका लागि यो प्रबिधि (डिभाईस) को बिकास गरेका छौं ।

बिकास गरिएको प्रबिधि (डिभाईस) प्रणालीमा परीक्षणबाट आएको रिर्पोटको विवरण राखेपछि रिर्पोटको पर्खाइमा रहेका व्यक्तिहरुको मोबाईलमा सूचना पठाउने र सो सूचनासंगै रिर्पोटको लिंक पठाउने काम गर्ने छ ।

डिजिटलका संचालक बिमल यादवले अहिलेको कोरोना महामारीका समयमा कोरोना जाँचका लागि स्वाब दिएकाले घरमै बसेर रिर्पोट प्राप्त गर्न सक्ने प्रबिधिको निर्माण गरेको जानकारी दिनुभयो ।

संचालक यादवका अनुसार यो प्रबिधिले कोरोना जाँच्ने ल्याब वा अस्पतालले कोरोना रिर्पोट प्रिन्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने तथा कोरोना जाँ गरिएका व्यक्तिले घरमै वा अन्य ठाउँमा सहजै मोबाईलमा पठाइएको सुचनामा उल्लेख लिंक खोलेर रिर्पोटको सर्टिफिकेट प्रिन्ट गर्न सक्ने छन् ।

डिजिटल नेपालले यो (डिभाईस) शुरुको इन्सटलेशन चार्ज पचास हजार रहेको सोही रकममा तीन हजारलाई एसएमएस सुबिधा समेत रहेको जनाएको छ ।

नेपालगञ्जकै काईचो समूहको समन्वयमा डिजिटल नेपालले बदलिँदो परिवेशमा आवश्यकता महसूस गरिएको कामहरुका (डिभाइस तथा उपकरणहरुको बिकास गरेको छ । संस्थाले अटो साइरन, डिजिटल उपस्थिति, अटोमेटिक वाटर कन्ट्रोल प्रणाली लगायत उपकरणको बिकास गरेको जनाएको छ ।

Previous articleभेरीको परीक्षणबाट शनिबार १६ जनामा कोरोना पुष्टि
Next articleखजुरा–४ मा कांग्रेसको कार्यालय उद्घाटन, नेकपाका ३५ युवाहरु प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here