ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ ।

सोमबार भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ ।

एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् छ ।

लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

Previous articleडुडुवाको सन्तलियाबाट दुई थान सालको गोलिया बरामद
Next articleट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here