
नेपालगञ्ज । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नंं १ सन्तलिया गाउँमा लुकाई राखेको सालको गोलिया काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार डुडुवा गाउँपालिका १ सन्तलियामा परालमा लुकाई राखिएको दुई थान गोलिया सालको काठ बरामद गरेको हो ।
८.५ क्यु फिट र ११.११ क्यु फिट उक्त काठ प्रहरी चौकी खडैचा र हजरत सामुदायिक बन उपभोक्ताको संयुक्त टोलीले फेला पारेको छ ।
बरामद काठलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज सवडिभिजन वन कार्यालय पठाएको छ ।






