मतदाताबीच डा.कर्णको चर्चा

नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले मतदाताको मन जित्न सफल रहेको चर्चा सुरु भएको छ ।

बिहानदेखि अबेर रातिसम्म मतदाताको घर घरमा पुग्दै आफ्ना एजेन्डा र बिकास मोडेलको बारेमा चर्चा परिचर्चा गर्दै आउनुभएका स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णलाई मतदाताले निकै रुचाइएको उम्मेदवारको रुपमा हेरिन थालिएको हो ।

उसो त डाक्टर मध्य तथा सुदुर पश्चिमकै चर्चित प्लास्टिक सर्जन बिनोद कर्ण सबैका प्रीय हुनुहुन्छ । गरिब, असहायलाई उपचारमा सहयोग गर्दै आउनुभएका कर्ण नेपालगन्जमा ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता समेत हुनुहुन्छ ।

उहाँ चुनावी मैदानमा होमिदा होस या चिकित्सक पेशामा उनी सबैका मन जित्दै आएका ब्यक्ति हुनुहुन्छ । तर पछिल्लो समय उहाँ सबैका प्रीय डाक्टर कर्ण आफ्नो चुनाव चिन्ह बल्ब (बिजुलीको चिम) चिनाउन घरदैलोमा निस्किने गर्दा उम्मेदवारको रुपमा सबैको मन जित्न थाल्नुभएको हो ।

उम्मेदवारलाई नेपालगन्जको धरातलको समस्या र सोको समाधानको खाकासहित घरदैलोमा पुग्ने कर्णलाई बाँके क्षेत्र नम्बर २ (ख) का मतदाताले स्वागत गर्दै अभियानलाई तिब्र बनाउन सल्लाह समेत दिएको सम्झिनुहुन्छ डाक्टर कर्ण ।

Previous articleजोगागाउँ र गुरुवागाउँ मेला शुरु
Next articleनमुनालाई भोट दिएर जिताउछौँ : राप्ती सोनारीका मुक्त कमलरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here