भूकम्पीय क्षति न्यूनिकरण सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास

नेपालगञ्ज । भूकम्पका कारण हुने क्षति न्यूनिकरण र द्रत प्रतिकार्य र अपनाउने सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास आज बुधवार नेपालगंजमा सम्पन्न भएको छ ।

नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना ‘भूकम्पीय परिदृश्यमा आधारित कृत्रिम घटना’अभ्यासमा सरोकार भएकाले पीडितलाई राहत, उद्धार, प्राथमिक स्वास्थ्य उपचार र अस्थायी बसोवास लगायतका विषयमा सरकारी तथा गैरसरकारी निकायको भूमिकालाई प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास गरिएको छ ।

सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले उपमहानगरको वडा नं ३ र ७ मा परम्परागत घर निर्माण भएको उल्लेख गर्दै भूकम्पीय जोखिम कम गर्न मापदण्ड अनुसारका आवास निर्माण गर्न सुझाव दिनुभयो ।

उहाँले नक्सा पास नभइ निर्माण भएका घरले भूकम्पको जोखिममा पर्न सक्ने भन्दै त्यसतर्फ सजग हुन स्थानीयलाई आग्रह गर्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भूकम्पीय प्रतिरोधात्मक संरचना निर्माणबाट भूकम्पको जोखिम न्यूनिकरण हुने भन्दै सुरक्षित आवास निर्माणमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘यस्ता कृत्रिम अभ्यासले जनचेतनामूक कार्यक्रमलाई वढवा दिएको हुन्छ ।’

परामर्सदाता डा सृजन बहादुर मल्लले भूकम्पमा आधारित टेबुलटप कृत्रिम घटना अभ्यासको बारेमा जानकारी दिदै प्रादेशिक विपद प्रतिकार्य कार्यढाचा निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले भूकम्पका कारण अपनाउने सर्तकता प्रर्याप्त नभएको उल्लेख गर्दै हाम्रा क्षमतामा विकास गर्न जोड दिनुभयो ।

रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झनाले यस्ता कार्यक्रमले विपद पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज एअरपोर्ट,खानेपानी संस्थान लगायतका सरकारी तथा गैर सरकारी संस्थाले आ आफना सुझाव प्रस्तत गर्दै राहत, उद्धार र प्राथमिक स्वास्थ्य उपचार लगायतका विषयमा देखिने त्रुटीलाई सच्चाएर अघि वढने प्रतिवद्धता जनाएका छन ।कृत्रिम घटना अभ्यासका लागि नागरिक समाज, जिल्ला स्तरिय संयन्त्र र स्थानीय सरकारको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई विभाजन गरेर समूहगत छलफल गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजनाले आयोजना गरेको कार्यक्रममा युएनडीपीका दीपक श्रेष्ठ, उपमहानगरपालिका समाजिक महाशाखाकी शोभा शाह लगायतले भूकम्पीय जोखिमबाट बच्न अवलम्वन गर्ने उपायबारे अभ्यास कार्क्रममा आफ्ना धारणा व्यक्त गर्नु भयो ।

आज मात्र पश्चिम डोटी केन्द्र विन्दु भएर भूकम्प गएको र नेपालगंजमा भूकम्प परिदृष्यमा कृतिम अभ्यास हुदा सहभागी सवैले अभ्यासलाई महत्व दिएको र पश्चिम क्षेत्र भूकम्पिय उच्च जोखिममा रहेको वताउदै सहभागीहरुले त्यसको जोखिम न्यूनिकरणमा भुमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

Previous articleमेलामा पिङ खेल्ने क्रममा खसेर गौरी बुढाको मृत्यु
Next articleस्वतन्त्र नेतृत्वको कामले नेपालगञ्जका उम्मेदवार डा. कर्णप्रति क्रेज बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here