स्वतन्त्र नेतृत्वको कामले नेपालगञ्जका उम्मेदवार डा. कर्णप्रति क्रेज बढ्दै

नेपालगञ्ज । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा, जित र स्वतन्त्र उम्मेदवारले जित पछि गरेको कामको कारण देशभर नै स्वतन्त्र उम्मेदवारको चर्चा र समर्थन ह्वात्तै बढेको छ ।

बाँकेमा पनि स्वतन्त्र उम्मेदवारहरुको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । अझ बाँकेमा चिकित्सक पेशामा कहलियका ब्यक्तीले नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा हिड्न थालेदेखि बाँकेमा स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर समर्थन गर्दै आएका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मध्य तथा सुदुर पश्चिम प्रदेशकै चर्चित प्लास्टिक सर्जन समेत रहनुभएका डाक्टर बिनोद कर्ण बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का लागी उम्मेदवार बनेदेखि दैनिक स्वतन्त्र उम्मेदवार कर्णको पक्षमा माहोल बन्दै गएको स्थानीय बताउछन् ।

स्थानीय तहमा जित हासिल गरेका स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङको कामले प्रभावीत बनेका नेपाली जनता लामो राजनैतिक दललाई गरेको बिश्वास पछिको जिरो परिणामले पनि स्वतन्त्र उम्मेदवार प्रती क्रेज बढ्दै गएको छ ।

बाँके क्षेत्र नम्बर दुई प्रदेश खबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर कर्णले पाएको चुनाव चिन्ह बिजुलिको चिमको क्रेज बढ्दै गएको हो ।

हरेक दिन घरदैलोमा पुग्ने डाक्टर कर्णको ‘बिजुलिको चिम’ चुनावी अभियानको सफताको संकेत गरेको नेपालगन्ज २ निवासी रमेश क्षेत्री बताउनुहुन्छ ।

राजनैतिक दल प्रतिको बितृष्णा मात्रैले बिजुली चिम प्रतिको आकर्षण बढेको होईन, स्वतन्त्र उम्मेदवारी दिने डाक्टर कर्णको फेस र उहाँले आजका दिनसम्म गरेका सामाजिक कार्यले गर्दा पनि बिजुलीको चिमले आक्रमक रुपमा माहोल तताएको नेपालगन्ज ८ का आकाश थापाको भनाई छ ।

Previous articleभूकम्पीय क्षति न्यूनिकरण सुरक्षा सर्तकताबारे कृत्रिम घटना अभ्यास
Next articleयस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’ (पूर्ण पाठसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here