यस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’ (पूर्ण पाठसहित)

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्नुभएको छ ।

यी दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गर्नुभएको छ । बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटिएको दाबी गर्नुभएको छ ।

विभिन्न दश बुँदामा समेटिएका उहाँको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन् ।

पत्रकारहरूसँगको साक्षात्कारमा उहाँले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताउनुभयो ।

‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उहाँले भन्नुभयो, ‘काम गरिरहेको र गर्नसक्ने व्यक्तिलाई भोट दिनुस् भनेका छौं ।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनैपनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उहाँले दाबी गर्नुभयो ।

‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ । उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनुभएको छ ।’ राईले दाबी गर्दै भन्नुभयो, ‘कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन् । मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजाय भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु ।’

Previous articleस्वतन्त्र नेतृत्वको कामले नेपालगञ्जका उम्मेदवार डा. कर्णप्रति क्रेज बढ्दै
Next articleउम्मेदवारको प्रतिबद्धता : अपाङ्गताको अधिकार स्थापित गर्न पछि नहट्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here