उम्मेदवारको प्रतिबद्धता : अपाङ्गताको अधिकार स्थापित गर्न पछि नहट्ने

कोहलपुर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपाङ्गता भएका व्यक्तिहरुहरुको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएका छन् ।

अपाङ्ग सशक्तिकरण तथा संचार केन्द्र (डेक नेपाल) को आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा बुधवार भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘अपाङ्गता भएका व्यक्तिहरुबीच उम्मेदवार’ कार्यक्रममा सहभागि भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताअधिकारको उपयोग गर्न सबैलाई आव्हान गर्नुभयो । अहिलेको संबिधानले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको बनताउनुभयो । उहाँले त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो ।

‘संबिधान पूर्ण हुँदैन उहाँले भन्नुभयो–‘भएका उपलब्धिलाई संस्थागत गर्ने हो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार नसमेटिएको पनि हुनसक्छ त्यसलाई आवश्यकता अनुसार थप्दै जानु पर्छ ।’

नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफु र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. ३ (क) का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताउनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई अव भत्ता भन्दा पनि रोजगारी दिनुपर्ने बताउनुभयो । ‘अपाङ्गता भएका व्यक्तिहरुका लागि अब भत्ताको व्यवस्था गर्नु हुदैन उहाँले भन्नुभयो–‘जीवन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।’

उहाँले आफु निर्वाचित भए अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चिताका लागि आयोग गठनको प्रतिबद्धता जनाउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले मात्रै उनीहरुको हकअधिकार सुनिश्चित हुने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नं.३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकिकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार राम कृष्ण विक लगायतले पनि अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताकाको प्रतिबद्धता जनाउनुभएको डेकका नेपालका अभियान्ता धिरेन्द्र विकले जानकारी दिनुभयो ।

कार्यक्रममा अपाङ्गता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहित करिव दुई सयको हाराहारीमा उपस्थिति रहेको थियो ।

Previous articleयस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’ (पूर्ण पाठसहित)
Next articleनगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here