नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

काेहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई बजार व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

आज एक कार्यक्रमका बीच नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले नगर प्रहरीलाई पाँचवटा साइकल हस्तान्तरण गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।

साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाको बजार व्यवस्थापनमा नगर प्रहरीलाई गस्ती गर्न सहज हुने बताउनुभयो ।

उहाँले बजार व्यस्थापनमा आफ्नो भूमिका थप प्रभावकारी गराउन नगर प्रहरीलाई निर्देशन पनि दिनुभयो ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले साधन अभावमा नगर प्रहरीलाई गस्ती गर्न गाह्रो भैरहेको बेला अब सहज हुने बताउनुभयो । कोहलपुर नगरपालिकाले हेल्मेट सहितको साइकल नगर प्रहरीलाई दिएको हो ।

एउटा साइकलको मूल्य १२ हजार रहेको पनि प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो । नगर प्रहरीसंँग अहिले २ वटा मोटरसाइकल छ्न ।

एउटा चार पांग्रे गाडी खरिदको तयारीमा नगरपालिका रहेको पनि ढकालले बताउनुभयो । नगर प्रहरीले नेपाल प्रहरी र ट्राफिक प्रहसँगको समन्वय र सहकार्यमा नगरको बजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पेट्रोलिङ गर्दै आएको नगर प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

साइकल प्राप्त भएपछि गस्ती गर्न सहज हुने पनि उहाँको भनाइ छ । नगर प्रहरीले पाँचजनाको टीम बनाएर रातीको समयमा पनि गस्ती गर्ने गरेको छ ।

Previous articleउम्मेदवारको प्रतिबद्धता : अपाङ्गताको अधिकार स्थापित गर्न पछि नहट्ने
Next articleम्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here