म्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम

नेपालगन्ज । आसन्न निर्वाचन २०७९ मंसिर ४ गतेकाे सुरक्षा सम्बेदनशीलतालाई ध्यानमा राख्दै बाँकेमा म्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम प्रदान गरिएकाे छ ।

आसन्न निर्वाचन २०७९ मंसिर ४ गतेलाई लक्षित गरी बाँके जिल्लामा नियुक्त भएका म्यादी प्रहरीलाई आज बिहीबार आयोजित एक कार्यक्रमकाबिच नेपाली सेनाकाे टाेलीले बिस्फोटक पदार्थ सम्बन्धि प्रशिक्षण प्रदान गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एंव प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी प्रमुख आतिथ्यतामा भएकाे प्रशिक्षण कार्यक्रममा सेनाका सेनानी प्रबिन थापा, बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्ती मगर, प्रमुख प्रशिक्षक सह-सेनानी हिरा बहादुर श्रेष्ठ, प्रहरी निरीक्षकहरु लगाएत नेपाली सेनाकाे बम डिस्पोजल समुहको उपस्थिति रहेको थियो ।

निर्वाचनलाई कसरी सुरक्षित बनाउने, त्यस्का लागि ध्यान दिनुपर्ने जरुरी कुराहरू, भयरहित बनाई सर्वसाधारणको सुरक्षा सतर्कता जस्ता बारेमा म्यादी प्रहरीलाई प्रशिक्षण दिइएकाे हाे ।

Previous articleनगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण
Next articleलुम्बिनी प्रदेशमा १३ हजार जनालाई मतदाता शिक्षा प्रदान गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here