लुम्बिनी प्रदेशमा १३ हजार जनालाई मतदाता शिक्षा प्रदान गरिने

गुलरिया । अगामी मंसीर ४ गते प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदका लागी देशभर निर्वाचन हुँन गइरहेको छ ।

मतदान गर्ने सहि तरिका बारे जानकारी नहुँदा धेरै मत बदर हुने गरेका छन । मंसीर ४ मा हुने निर्वाचनका लागी संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको साझेदारीमा निर्वाचन सहयोग कार्यक्रम लु्म्बिनी प्रदेशभर चलि रहेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा उक्त सञ्चालन गरेर १३ हजार मतदातालाई शिक्षित गरिने थारु महिला उत्थान केन्द्र बर्दियाले जनाएको छ ।

संघ तथा प्रदेशको चुनावलाई लक्षित गरी मतदाता शिक्षा मार्फत हुन सक्ने सम्भावित बदर मतलाई न्युन गर्ने उद्धेश्यले उक्त मतदाता शिक्षा कार्यक्रम संचालन भइरहेको केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले जानकारी दिनु भयो ।

१२ वटा जिल्लामा २ जनाको दरले २६ जना सहजकर्ताहरुले गाउँ तथा समुदायमा पुगी मतदाताहरुलाई मतदान गर्ने सहि तरिका बारे सहजीकरण गरि रहेको थारुको भनाई छ ।

दाङ्गमा ४ जना सहजकर्ता खटिएका छन भने बाँकी जिल्लामा २ जनाका दरले सहजकर्ताहरुले सहजीकरण गरि रहेका छन ।

यति बेला जिल्लाका विभिन्न कतिपय पालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेका छन भने अन्य पालिकामा संचालन हुने क्रममा रहेका छन ।

Previous articleम्यादी प्रहरीलाई बिस्फोटक पदार्थ सम्बन्धि तालिम
Next articleनिर्वाचन विश्लेषण : विन्दुको राप्रपा परित्यागले धवललाई धक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here