निर्वाचन विश्लेषण : विन्दुको राप्रपा परित्यागले धवललाई धक्का

नेपालगन्ज । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावी मिति नजिकिँदै गर्दा सबैतिर माहोल तात्दै गएको अवस्था छ ।

बाँकेको क्षेत्र नम्बर २ को कुरा गर्दा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका पार्टीगत उम्मदेवार तथा स्वतन्त्र उम्मेदवारको चर्को प्रचार भई रहेको छ ।

यसमा क्षेत्र नम्बर २ मा प्रमुख प्रतिस्पर्धीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार इश्तियाक राई र राप्रपाका उम्मेदवार डा. धवल शमशेर राणा हुनुहुन्छ ।

यस चुनावमा दुवैजना दावेदारको रुपमा प्रस्तुत भई रहँदा चुनावी निर्णय कतातिर ढल्किन्छ भन्न एकिनका साथ भन्न नसकिने अवस्था चाँही रहेको छ ।

तर चुनावी मुखमा राप्रपाभित्र भएको केही विद्रोहले डा. राणालाई असर पार्न सक्ने आकलन लगाउन सकिन्छ ।

राप्रपाभित्र भएको मनमुटाबका कारण राप्रपा जिल्ला उपाध्यक्ष विन्दु चर्तीमगरले दुई दिनअघि सामाजिक सञ्जालबाट गरेको विद्रोहले केही हलचल भने राप्रपाका लागि पक्कै ल्याएको छ ।

यसर्थमा विन्दुको विद्रोहले डा.धवललाई कत्तिको असर पार्छ भन्ने अडकल केही आधारमा गर्न सकिन्छ ।

पहिलो कुरा विन्दु राप्रपा बाँकेका लागि जिल्लामा नाम चलेकै महिला हुनुहुन्छ । उहाँलाई बाँकेमा राजनीतिसँगै, व्यवासयी, समाजसेवीका रुपमा पनि मानिसहरुले चिन्हे गर्दछन् ।

उहाँको व्यवसायी क्षेत्रमा आफ्नै पहुँच छ । उहाँ लुम्बिनी फ्लोरिकल्चर एसोशियसनकी उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँलाई बाँकेमा पुष्प व्यवसायी सुरुवात गरेको श्रेय पनि जान्छ ।

त्यस्तै समाजसेवाका रुपमा उहाँले मानिसलाई व्यक्तिगत रुपमा आफ्नो व्यावसायको माध्यामबाट सहयोग गरिरहनु हुन्छ ।

यसर्थ विन्दुको सहभागिता रहेको क्षेत्रमा उहाँलाई विश्वस गर्ने व्यक्तिहरुले उहाँको विद्रोहलाई पनि साथ दिन्नन भन्न सकिन्छ । जसको धक्का धवललाई नै हुने पक्का हुन्छ ।

अर्को सन्दर्भमा २०७९ को स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने पनि राप्रपाबाट नेपालगन्ज उप-महानगरपालिकाको उपप्रमुख पदका लागि विन्दुले उम्मेदवारी दिएर लडिसक्नु भएको छ ।

सो निर्वाचनमा विन्दुले नेपालगन्जमा राप्रपामात्रै नभएर उहाँको पनि व्यक्तिगत भोट छ भन्ने प्रमाण दिनुभएकाे छ ।

सो निर्वाचनमा विन्दुले प्रमुखमा राप्रपाबाट उम्मेदवार दिएका नन्दलाल वैश्य भन्दा २ हजार ५ सय ३७ मत बढी ल्याउनुभएकाे थियाे ।

यसको अर्थ विन्दुले स्थानीय निर्वाचनमा पाएको सो मत विन्दुको विद्रोहका कारण अन्त जान सक्ने सम्भावना प्रवल रहन्छ ।

त्यस्तै अर्को कुरा, विन्दुले पटक-पटक राप्रपाको नेतुत्व गर्दै नेपालगन्ज उद्योग वाणिज्यको निर्वाचनमा जित हासिल गर्नुभएकाे छ ।

हालसम्म उहाँमाथि राप्रपाभित्र कुनैपनि प्रकारको व्यक्तिगत आँच आउने जस्ता आरोप लागेको छैन ।

र सबैभन्दा महत्वपूर्ण भनेको, जब उहाँले सामाजिक सञ्जालमार्फत राप्रपा परित्यागको कुरा लेखेपछि उहाँलाई विभिन्न पार्टीका व्यक्तिहरुले पछ्याई रहेका छन् ।

सामाजिक सञ्जालमार्फत उहाँलाई प्रस्ताव राख्ने व्यक्तिहरुको पनि कमि छैन । यसर्थ उहाँको विद्रोहले डा.राणालाई चुनावमा ठूलो धक्का लाग्ने निश्चित देखिन्छ ।

Previous articleलुम्बिनी प्रदेशमा १३ हजार जनालाई मतदाता शिक्षा प्रदान गरिने
Next articleअपचलनको अभियोग लागेका खड्काको उम्मेदवारी खारेज गर्न पिडितको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here