निर्वाचन विथोल्न खोजेको भन्दै मशालका चार नेता कार्यक्रता पक्राउ

दाङ । निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा प्रहरीले घोराहीबाट शुक्रवार ४ जना नेता कार्याकर्तालाई पक्राउ गरेको हो ।

निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै कार्यक्रम स्थलबाटै प्रहरीले बामपन्थी नेता ओमबहादुर केसी, मशालका दाङ जिल्ला सदस्य लिलाबहादुर पुन लालध्वज, जिल्ला नेता मेघराज भट्टराई र पार्टीकी स्थानीय नेतृ यमसरी जिएमलाई पक्राउ गरेको मशालका नेता रामबहादुर जिएमले बताउनुभयो ।

नेकपा मशालले पक्राउ पर्नुअघि शुक्रवारमात्रै घोराहीमा तीन ठाउँमा चुनाव बिहिष्कार गर्ने सभा गरिसकेका थिए । प्रहरीले पटक-पटक यस्ता गतिविधि नगर्न भन्दै सम्झाउँदा पनि नमानेपछि चौथो पटक विरोध सभा गर्नेक्रममा घोराहीको दामोदर चोकबाट पक्राउ गरिएको डिएसपी राजनकुमार गौतमले बताउनुभयो ।

नेकपा मशालले चुनाव बहिष्कार गर्ने पार्टीको केन्द्रीय नीति अनुसार जिल्लामा पनि गतिविधि गरेको मशालका नेता जिएमले बताउनुभयो ।

Previous articleजनतालाई खुशीको अभास हुनेछ : स्वतन्त्र उम्मेदवार दिवाकर खनाल
Next articleयस्ता व्यक्तिहरुले मात्र चुनावका दिन सवारी साधन चलाउन पाउँछन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here