जनतालाई खुशीको अभास हुनेछ : स्वतन्त्र उम्मेदवार दिवाकर खनाल

आउदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दा यतिबेला देशभरी नै चुनावी माहोल छ । त्यसमा पनि लुम्बिनी प्रदेशको बाँके जिल्लामा उम्मेदवारहरु सामुहिक तथा एकल रुपमा घरदैलो अभियान । जनतासंग सामुहिक छलफलमा जुटेका छ्न् ।

सबैलाई कसरी चुनाव जित्ने र पद र कुर्सी समाल्ने मा होडबाजी छ । उम्मेदवारहरु जनतासंग चुनावी माहोलमा प्रत्यक्ष जोडिरहेका छ्न् तर जनताहरु पनि अहिले प्राय पार्टीभन्दा पनि ब्याक्ति छ्नौट गरेर आफ्नो मताधिकार सुनिश्चित गर्ने दाउँमा छ्न् ।

चुनावी कसरत गरिरहेका उम्मेदवाहरुमध्ये दिवाकर खनाल बाँके क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । खनालको चुनाब चिन्ह (अर्ना) हो । हिन्दु धर्म र र धर्म निरेपक्षता बचाउनका लागि साथै मठ मन्दिर र बिकासका मुद्धा अगाडी बढाउनुभइका खनालसंग आज हामीले कुराकानी गरेका छौं ।

१. स्वागत छ, आरामै हुनुहुन्छ ।
-धन्यबाद आरामै छु ।

२. क्षेत्र नम्बर २ बाटतपाई स्वतन्त्र उम्मेदवार, चुनावको मिति धेरै बाँकी छैन, तपाई कार्यकर्तासहित घरदैलो अभियानमा हुनुहुन्छ, जनताको रेस्पोन्स कस्तो छ ?
-फस्क्लास छ, रेस्पोन्स पोटेटिभ छ हिन्दु रास्ट्र हिन्दु एकता ।। हिन्दु समाजमा भएको छुवाछूत लगायतका कुप्रथा हटाउने, गौ रक्षा अभियान हो, हिन्दु धर्म रक्षाको अभियान हो हाम्रो, माहोल राम्रो छ ।

३. तपाईको अभियान, विशेष गरि हिन्दु धर्म र सनानती जोडिएको कुरामा बढि छ जस्तो लाग्यो, चुनाबी अभियानमा एजेन्डा यति मात्र हो कि अन्य पनि छ ?
-अरु पनि छ, तर हाम्रो एजेन्डा स्थानीय र रास्ट्रिय छ । धेरै छ किसानको पशु बिमा, औषधी उपचार निःशुल्क सरकारले गर्नुपर्यो, मोटरसाइकल, स्कुटी, ट्रयाक्टरको नेपालभरीमा एकपटक ट्याक्स हुनुपर्यो, बधशालाको उचित व्यवस्थापन गर्ने, मठ मन्दिर, गुम्बाको संरक्षण, सम्बद्र्धन र ति सम्पतीको सुरक्षा, बागेश्वरी मन्दिरलाई सौन्दर्यिकरण गरेर धार्मिक पर्यटकीयलाई बढावा दिने मुद्दा हो । साथै नेपालगगञ्ज विमानस्थललाई अन्तरास्ट्रियस्तरको बनाउने हाम्रो एजेन्डा हो ।

४. तपाईको जुन-जुन एजेन्डा छ, तपाईले जितेपछि सबै कुराको आभास जनताले गर्न पाउछन् त ?
-हिन्दु रास्ट्रलगायत मेरो १५ वटा बुँदाको इजेन्डा छ । म व्यापक रुपमा आवाज उठाउने छु । पहल छ पक्कै हुनेछ र जनतालाई खुशीको अभास हुने नै छ ।

५. देशको यो परिस्थितिमा धेरै जसो मानिस पार्टी समातेर पार्टीको तर्फ उम्मेदवार हुनुहुन्छ, तपाईको स्वतन्त्र उम्मेदवारी किन ?
-पार्टीहरुको कुनै सिद्धान्त छैन । नेपाली कांग्रेस माओवादीसंग मिल्ने, हिन्दु रास्ट्र राजा भन्ने राप्रपा एमालेसंग मिल्ने । पार्टीको सिद्धान्त नै छैन । यिनीहरु देश र जनताको स्वार्थ पूरा गर्ने होइन, आफ्नो र आफ्नो परिवारको स्वार्थ पूरा गर्ने हो । हामी किन स्वतन्त्र भयौ भने हामीले जितेर गएको खण्डमा यिनले गर्ने भ्रष्टाचार, कुरुति, कुसंस्कृति हटाउने छौ । यसैले म स्वतन्त्र हो ।

६. तपाई अहिले बाँके क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार, तपाईको (खनाल) परिवार यो क्षेत्रमा पकड जमाएर बसेको छ । तपाई केही समय नेपाल छोडी अमेरिकी बसाइ भयो । नेपाल फर्केपछि तपाईको आफ्नै व्यवसाय, व्यापार पनि छ, तर पनि तपाई राजनीतिमा होमिनु भयो नि ?
-जहिले पनि राष्ट्रमाथि, राष्ट्र धर्ममाथि र रास्ट्रको संस्कृतिमाथि आक्रमण हुन्छ । चाहे बलभद्र कुवँर, चाहे भिमसेन थापा हुन्, चाहे हामी जस्तो साधरण ब्याक्ति होस । हाम्रो कर्तब्य देशलाई बचाउने हो । जब मैले देखे ॐ कार परिवार, सनातनीमाथि धर्म परिवर्तनको लहर, घुसपैठ, नेपालको सरकार कङो जस्तो चुपचाप, यो देश मेरो हो, यो माटो मेरो हो, यो संस्कृति मेरो, यो धर्म मेरो हो, यो देशमा गर्नु छ, यो देश मै बस्नु छ ।

मेरो देशमा कुनै बिकराल परिस्थिति नाअओस, भ्रष्टाचार नहोस ।धर्मामा आँच नाअओस, जति भयो भयो अब नहोस भनेर आवाज उठाउँदै म अमेरिका छोडी स्वदेश फर्के । म जाहा गएपनि म मेरो जति प्यारो केहि छैन ।

७. धेरै नागरिकले हामीले पहिलाका उम्मेदवारलाइ पनि भोट दिएर जितायौं, हाम्रा लागि केही गरेनन् भनेर असतुष्टि पोखिरहेका पनि छन्, यस अवस्थामा तपाइलाई कस्तो छ रिभ्यू छ ?
-मलाई सबैबाट सहयोग छ । हिन्दु धर्मको सुरक्षा गरौं । गौ रक्षाको अभियानमा सबै जोडियौं, मेरो यो अभियानमा सबैले साथ दिनु भएको छ । एकातिर गाई पहाडबाट खसालेर मार्ने अर्को जस्ले गाईलाई मान्दै मान्दैन् । तपाई गौ रक्षाको अभियानमा आउनुहुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । हामीले पुजा गर्र्छौं । सबैको सहयोग छ, खुशी छु ।

८. तपाईको जुन एजेन्डा छ तपाईको अभियान छ, यसले सार्थकता पाओस्, अन्तमा के भन्नू हुन्छ ?
-सबैलाई हात जोडेर देश माता हो, गाई धर्मको सुरक्षा गरौं । सुरक्षा गर्नलाई एउटै माध्यम हो मेरो चुनाव चिन्ह (अर्ना) । यो देश माटो, धर्मको बारेमा बोलिदिने व्यक्तिलाई सहयोग गर्नुस् (अर्ना) छापमा छाप लगाएर आफ्नो आवाजलाई संसादमा पुर्याउन अनुरोध छ, म सधै जनताकै साथ मा छु । धन्यवाद

Previous articleनेपालगञ्ज म्याराथन देशलाई चिनाउने अवसर हो : नायक राजेश हमाल
Next articleनिर्वाचन विथोल्न खोजेको भन्दै मशालका चार नेता कार्यक्रता पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here