
नेपालगञ्ज । बाँकेको क्षेत्र नम्बर २ (ख) जसलाई अहिले क्षेत्र नम्बर २ (२) का रुपमा निर्वाचन आयोगले परिचित गरेको छ । जहाँबाट आफ्नो स्वातन्त्र उम्मेदवार दिनुभएका स्वास्थ्य क्षेत्रमा लामो समय सक्रिय डा.विनोद कर्णको चर्चा राम्रै भएको अनुमान लगाउन सकिन्छ ।
डा.कर्ण नेपालगञ्ज सहरमा लामो समयदेखि सरसफाइको अभियानमा सक्रिय व्यक्ति हुनुहुन्छ । जो नेपालगञ्जलाई सुन्दर सहरको रुपमा देख्न चाहनुहुन्छ भने हरेक व्यक्ति स्वास्थ्यको पहुँचमा हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।
उहाँले आफ्नो प्रतिबद्धता पत्रमा पनि दुर्घटना भएका व्यक्तिदेखि ज्येष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य उपचारको एजेण्डा बोक्नुभएको छ ।
समय सान्दर्भिक आफ्ना एजेण्डा र चुनाव चिन्ह ‘बल्भ’ लिएर मतदातको घरदैलो पुगिरहनुभएका डा.कर्णको चुनावी प्रचारको प्रभाव र प्रतिक्रिया पनि राम्रो रहेको अनुमान लगाउन सकिन्छ ।
चुनावी प्रचार अभियानका क्रममा डा.कर्ण जहाँ–जहाँ पुगिरहनुभएको छ, सो क्षेत्रका मतदाता नयाँ नेतृत्वको अपेक्षा गरेको उहाँले पाउनुभएको छ ।
राजनीतिबाट वाक्क भएका जनताको आशाको केन्द्र बन्न कोशिस गरिरहनुभएका जनतालाई परिवर्तनको विश्वास दिलाउन हरेक मतदातको घरदैलोमा पुग्नुपर्छ भन्ने मानसिकता डा.कर्णमा रहेको छ ।
मतदाताहरु आफूप्रति उत्साहित रहेको बताउने डा.कर्ण यसपटक जनताले परिवर्तनका लागि आफूलार्ई अत्याधिक मत दिएर जिताउने विश्वास व्यक्त गर्नुभयो ।
शनिबार पनि उहाँले गरेको चुनावी प्रचार–प्रसार धेरै नै प्रभावकारी रहेको छ । नेपालगञ्जको वडा नम्बर १२ मा बिहानैदेखि चुनावी प्रचारमा लाग्नुभएका डा.कर्णलाई स्थानीय मतदातले मुस्कानसहित आफूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
परिवर्तित समाजका लागि डा.कर्ण नमुना हुनुहुन्छ । समाजलाई राजनीतिक अड्डाको रुपमा लिने पार्टीका नेताहरुका लागि उहाँ दरिलो जवाफ हुनुहुन्छ ।
आफैंलाई राजनीतिज्ञभन्दा स्वास्थ्यकर्मीका रुपमा प्रस्तुत गर्न रुचाउने उहाँ परिवर्तनका लागि राजनीतिकमा होमिएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘मेरो पोसा राजनीति होइन् । राजनीति मेरो रुचीमात्र हो । मलाई राजनीतिबाट कमाउनु छैन, केही लिनु छैन, बस नेपालगञ्जको मुहार फेर्नुमात्र छ ।’
तसर्थ नेपालगञ्ज जस्तो सहरका लागि उहाँको उम्मेदवारी सार्थक रहेको नेपालगञ्जबासी बताउने गर्दछन् । आफैंमा दूरदृृष्टि डा.कर्ण दीर्घकालीन सोच राख्ने र नेपालगञ्जको परिवर्तनका लागि योग्य व्यक्ति हुनुहुन्छ भन्दा फरक नपर्ला ।





