निर्वाचन आचार संहिता, सामाजिक सञ्जाल र प्रविधि अधिकार

नेपालगञ्ज । निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफना प्रचारप्रसारको गतिबिधी बढाएका छन । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ ।

तर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक अर्को उम्मेदवारका बारेमा आरोपप्रत्यारोप समेत गरिरहेका छन । तर यी सबै कार्य निर्वाचन आचारसंहिता विपरित रहेको छ भने अर्को जटिल समस्या भनेको प्रविधीको अधिकारमा समेत असर पारेको छ । इन्टरनेट प्रविधीको प्रयोगकर्ताहरु स्वयम् प्रविधी अधिकारबारे अनविज्ञ रहेकाले यसप्रतिको जोखिम समेत बढेको अवस्था रहेको छ ।

त्यसैले इन्टरनेट प्रयोगकर्ताले होशियारीपुर्वक सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । डिजिटल राइटस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा निर्वाचन आचार संहिता, सामाजिक सञ्जाल र प्रविधि अधिकार विषयक अन्र्तक्रियाका सहभागिहरु निर्वाचनका बेला सामाजिक संजालको दुरुपयोगबारे सरोकारवाला निकायले विशेष अनुगमन गरि कारवाही गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा डिजिटल राईटस नेपालका अध्यक्ष अधिवक्ता सन्तोष सिग्देलले सो विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जालमा भ्रमक, मिथ्या सुचना, दुष्प्रचार गर्ने, द्धष्पुर्ण अभिव्यक्ती कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लान्छाना लगाउने, मानहानी गर्ने खालको सामाग्री प्रकाशन प्रशारण गर्न गराउन नहुने बताउनुभयो ।

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रतिकुल प्रभाव पर्ने कुनै विचार राख्न, प्रचार प्रसार गर्ने सामाग्री पोष्ट गर्ने, सेयर गर्न गराउन नहुने र मतदाताको गोपनियता भङ्ग हुने कार्य गर्न गराउन नहुने कानून रहेकाले त्यसबाट सर्तक रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला आचार संहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले जिल्लामा दल तथा उम्मेदवारहरुले आचार संहिता उल्लंघन गर्नेबारे अनुगमन गरिएको र त्यसबारे कारवाही गरिएको भन्दै यदि त्यसो गरेको कसैले थाहा पाएमा खबर गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख द्धवारिका अधिकारी, नेपाली कांग्रेसका बाँके सचिव सुधान्सु कोइराला, नेकपा एमालेका दिपा शर्मा, राप्रपाका नन्दलाल बैश्य, जसपाका अम्बिका काफ्ले, युवा सञ्चारकर्मी साहिल अन्सारी, प्रदिप गुप्ता लगायतले आचारसंहिता बारे आआफनो विचार राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले सहजीकरण गर्नुभएको थियो ।

Previous articleसंचारकर्मी उदयराज जैसवालको निधन
Next articleनेपालगञ्ज र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु : राठौर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here