उज्यालिए ग्रामीण बस्तीः राप्तीपारी बत्ती पु¥याउने नमुना

बाँके । राप्तीसोनारीकी लक्ष्मी चौधरीले साँझको समयमा कहिलै विद्यालयको गृहकार्य गर्न पाउनुभएन । विद्यालयबाट घर फर्किपछि घरायसी काम गर्दागर्दै रात परिहाल्थ्यो । अनि उहाँको गृहकार्य गर्ने समय मिल्थ्यो । तर बत्ती नहुँदा उहाँले प्रायः बिहान गृहकार्य गर्नुहुन्थ्यो ।

भन्नुहुन्छ, ‘साँझ घरायसी काम गर्नुपर्छ । रातको समयमा मात्र पढ्ने फुर्सद हुन्छ । बत्ती नहुँदा पढ्न पाइँदैन । बिहान काम धेरै हुँदा कहिले गृहकार्य गर्न छुट्छ ।’ उहाँ मात्र नभएर, यहाँका विद्यार्थीको यही पीडा हो ।

नरैनापुरकी सरिता यादवलाई घरमा पाहुना आउँदा सधै अफ्ठ्यारो महसुस हुन्थ्यो । साँझ खाना खुवाउने बेला बत्ती नहुँदा दियालो, टुकीको भरमा उज्यालो गराउनु पथ्र्यो । भन्नुहुन्छ, ‘बत्ती नहुँदा धेरै सास्ती भयो ।’

नरैनापुरकै ७२ वर्षीय सत्यलाल यादवले दुई वर्षअघि मात्र गाउँमा बिजुली देख्नुभयो । उहाँले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गर्नुभएको थिएन ।

२०७७ असार १६ गते गाउँमा पहिलोपल्ट बिजुली पुग्दा रातभर अनिँदो बसेर हेरिरह्नुभयो । ‘टुकी बाल्दै यतिका वर्ष बिताइयो, पहिलोपल्ट बिजुली बलेको दिन रातभर निदाउनै सकिएन, हेरिरहेँ,’ उहाँले त्यो दिन सम्झदै भन्नुभयो, ‘अहिले गाउँका सबै धरमा बिजुली पुगेको छ ।’

गंगापुर गाउँका ७५ वर्षीय भुपनारायण यादवले पनि गाउँमा बिजुली बल्ला भन्ने आशा मारिसक्नुभएको थियो । प्रत्येक चुनावमा उम्मेदवारको आकर्षक ‘उज्यालो’ नाराले उहाँ आजित भइसक्नुभएको थियो । प्रत्येक चुनावमा नेताहरू उज्यालो दिने सपना बाँडेर भोट लिन्थे,’ उहाँले भन्नुभयो, ‘हाम्रो भोटले नेताहरूको भविष्य उज्यालियो, गाउँ ज्यूँका त्यूँ रह्यो ।’

उहाँका अनुसार २०७४ सालको प्रदेशको चुनावमा निर्वाचित हुनुभएकी कृष्णा केसी (नमुना) ले भने गाउँ उज्यालो बनाउनुभयो । उहाँले जितेपछि नागरिकको उज्यालो सपना साकार पारिदिनुभयो ।‘नमुनाले उज्यालोमा रमाउने हाम्रो दशकौंको सपना पूरा गरिदिनु भएको छ,’ यादवले भन्नुभयो । उक्त गाउँमा बिजुली नहुँदा कुटानी पिसानीका लागि स्थानीय मिल भएको टाढाको गाउँ पुग्नुपथ्र्यो । बिजुली आएपछि गाउँमै मिल बन्दा दैनिकी सहज भएको छ ।

बिजुलीले बस्तीमात्र होइन, खेत खलिहान पनि उज्यालिएको छ । सिँचाइ अभावले बन्जर बनेका जमिनहरूमा हरियाली देखिन थालेपछि किसानहरू पनि खेतीपातीतर्फ हौसिएका छन् । ग्रामीण बस्तीमा बिजुलीको सुविधा पुगेपछि किसानहरुको मुहार उज्यालिएको छ ।

यस भेगका किसानको महत्वपूर्ण आवश्यकता थियो, ‘सिँचाइ ।’ सिँचाइको भरपर्दो व्यवस्था नभइदिँदा प्रशस्त अन्नबाली कल्पनाको मात्र विषय हुन्थ्यो । बिजुली आएसँगै सिँचाइको व्यवस्था भएपछि पहिला पहिला जस्तै खेतमा बहुअन्न उब्जाउन सकिने वातावरण बन्दै जान थालेको छ ।

यहाँको विद्युतीकरणका लागि कृष्णा केसी नमुनाले महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । राप्तीपारि विद्युत् पु¥याउने २७ वर्ष अघिदेखिको सपना थियो । समितिमार्फत काम गर्ने भनिएको थियो । ठेक्कासमेत भएको ११ वर्ष भएको थियो । तर काम केही पनि भएको थिएन ।

राप्तीपारि सामुदायिक विद्युतीकरणका लागि प्रयास गरेको ११ वर्षसम्म पनि बत्ती नबलेपछि यस क्षेत्रका प्रदेश सांसद नमुना आफैँ अग्रसर हुनुभयो । ‘गाउँमा बत्ती बाल्ने नागरिकको ठूलो सपना थियो । तर पनि काम भएको थिएन,’ उहाँले भन्नुभयो, ‘गाउँमा बत्ती पु¥याउन अहिले भइरहेको सम्झौता रद्द गरेर नयाँ तरिकाले जाने योजना बनाए । सोहीअनुसार विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेँ ।’

त्यहाँ उहाँले पुरानो ठेक्का स्थगित गर्ने प्रक्रियाका बारेमा छलफल गर्नुभयो । ‘ठेक्का स्थगित गरेर प्राधिकरण आफैँले काम गर्नुपर्छ । यसो गरिएन भने राप्तीपारिका जनतालाई अन्याय हुन्छ,’ उहाँले समन्वयनका ति दिन सम्झिँदै भन्नुभयो, ‘क्षेत्रीय कार्यालयले सहमति त जनायो तर, मन्त्रालयसँग समन्वयन गर्नुपर्ने बतायो ।’उहाँले मन्त्रालयमा समन्वय गरिन् र ठूलो कसरतपछि विद्युतीकरणको योजना अलपत्र पार्ने ठेकेदारको सम्झौता स्थगित भयो । त्यतिबेला मुद्दा अदालतसम्म पुग्यो । त्यतिबेला उहाँले अदालतसम्म पुगेर भन्नुभएको थियो, ‘जनतालाई वर्षौंसम्म बत्ती नदिनु अन्याय हो ।

बत्ती बाल्न पाउनुपर्ने यहाँका नागरिकको अधिकार हो । म त्यस क्षेत्रको निर्वाचित जनप्रतिनिधि हो । मैले जनताबाट म्यान्डेट पाएको छु । यदी राप्तीपारिका जनतालाई अन्धकारमै राख्ने कुनैखाले निर्णय भए जनतालाई ल्याएर न्यायालयको गेटमा धर्ना बस्छु ।’

न्यायालय पनि यहाँको जनताको पक्षमा निर्णय सुनायो र विद्युतीकरणको लागि बाटो खुल्यो । कोरोना भाइरसको समयमा कामले तिव्रता पाएको थियो । त्यतिबेला विभिन्न बाधा अड्चना आइपरे । जसको नेतृत्व उहाँले गर्नुभयो । जनतालाई एक ठाउँबाट अर्को ठाउँ जानै गाह्रो थियो ।

कामभन्दा ज्यान बचाउने मान्छेमा थियो । तर पनि चुनौतीसँगै सम्भावना पनि हुन्छन् भने झै विद्युतीकरणमा देखियो । भारतमा गएर रोजगारी खोसिएका व्यक्तिलाई सुरक्षित रहने गरी रातारात काम गरियो । कोरोना बेला अझ बढी बत्ती आवश्यक थियो । विद्युतीकरण भएको एक महिनाभित्र विद्युत् बलेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments