स्वतन्त्र उम्मेदवार डा.कर्णलाई मतदाता स्वंयले साथ दिँदै

नेपालगञ्ज । बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर बिनोद कर्णलाई पछिल्लो समय घरदैलो गर्न भ्याइनभ्याई छ ।

एकातिर चुनावको मिति नजिकिँदै छ भने मतदाताले समेत कर्णलाई आ-आफ्नो टोल र वडामा बोलाई रहेका छन् । स्वतन्त्र उम्मेदवार डाक्टर कर्ण नियमित घरदैलोसंगै मतदाताले नै टोलमा जमघट गरेर बोलाउने स्थानमा पुग्दै आउनुभएको छ ।

कर्ण भन्नुभयो, ‘पछिल्लो समय मतदाताको घरमा पुग्न अपुग भएको छ, धेरै स्थानबाट फोन र म्यासेज आएका छन्, आफ्नो टोलमा आउनको लागी, सबै ठाउँमा हामी पुग्ने कोसिसमा छौं ।

पत्रकारसंग कुरा गर्दै स्वतन्त्र उम्मेदवार कर्णले थपे, ‘बाँकेमा पनि स्वतन्त्र उम्मेदवारलाई देखाउनु भएको सद्भाव र मायाले हामी उत्साहित भएका छौँ, बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) मा यसपाली जनताको जित हुनेछ ।’

त्यस्तै विभिन्न संघ–संस्था, टोलमा गठन भएका विभिन्न समूह तथा स्वतन्त्र युवाहरुले डाक्टर कर्णको चुनावी अभियानलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै अभियानमा जोडिदै गएका छन् । देशब्यापी रुपमा स्वतन्त्र उम्मेदवार प्रति देखिएको लहर यसपालि बाँके क्षेत्र नम्बर २ (ख) मा पनि देखिएको मतदाता बताउँछन् ।

राजनैतिक दल प्रतिको वितृष्णा र डक्टर कर्णको स्वच्छ छबिको कारण बाँके क्षेत्र नम्बर २ (ख) मा चुनावी माहोल स्वतन्त्र उम्मेदवार प्रति हावी भएको मतदाताहरु आकलन गर्न थालिसकेका छन् ।

बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका डाक्टर कर्ण मध्य तथा सुदूरपश्चिममै चर्चित प्लास्टिक सर्जन हुनुहुन्छ भने कर्णले लामो समयदेखि ग्रीन नेपालगन्ज क्लिन नेपालगन्ज नामक अभियान संचालन गर्दै आउनुभएको छ ।

Previous articleउज्यालिए ग्रामीण बस्तीः राप्तीपारी बत्ती पु¥याउने नमुना
Next articleगायिका सुस्मिता र गायक कर्साङ लामाको ‘कमिसनु’ सार्वजानिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here