
शिवराज शाहु–
बाँके । बाँकेको राजधानी नेपालगञ्ज उपमहानगरपालिका को मुटु मानिने त्रिभुवन चोकको मुहार परिवर्तन हुन लागेको छ ।
कन्स्ट्रक्सन अफ आइसल्याण्ड भन्ने आयोजनाको नामबाट त्रिभुवन चोकमा रहेको विवादित शालिक स्थलको मुहार परिवर्तन हुन लागेको हो ।
आइतबार बिहान त्रिभुवन चोकमा रहेको शालिक स्थलमा चारै तिरबाट ढाकिएको पर्दा निकालेपछि हेनेहरुको भिड जमा भयो ।

केहि बेरमै चोकमा उपमहानगरपालिकाको प्रहरीहरु, सशस्त्र प्रहरी बलका जवान र नेपाल प्रहरीको उपस्थिति भयो ।
वडा नं–८ र वडा नं–११ को सहकार्यमा त्रिभुवन चोकको शालिक स्थलको पुन : निर्माण हुन लागेको हो ।
१ लाख ३५ हजार ७ सय २१ रुपैया ६४ पैसामा रचना कन्स्ट्रक्सनलाई चोकको मुहार परिवर्तन गर्ने जिम्मा दिइएको छ ।






