खजुरा–४ मा कांग्रेसको कार्यालय उद्घाटन, नेकपाका ३५ युवाहरु प्रवेश

बाँके । नेपाली कांग्रेस खजुरा गाउँपालिका वडा नं–४ को कार्यालय स्थापना गरी उद्घाटन गरिएको छ । प्रजातान्त्रिक सेनानी हरि प्रसाद ढुङ्गानाको प्रमुख उपस्थितिमा आइतबार खजुरा गाउँपालिका वडा न–४ को इ गाउँ चोकमा पार्टीको कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटनका क्रममा बोल्दै सेनानी ढुङ्गानाले अबको निर्वाचनमा नेपाली कांग्रेसको बिजयी हुने भन्दै नेता तथा कार्यकर्तालाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभयो । कांग्रेसले कहि न कतै प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नमा कन्जुस्याई गरिरहेका देखिएकाले आ–आफ्नो स्थानमा सो भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

उद्घाटनका क्रममा महासमिति सदस्य गगन बि.क, महाधिवेशन प्रतिनिधि झुकमाया जि.एम, जिल्ला सदस्य केदार गिरी, जिल्ला सदस्य उमा थापा, क्षेत्र नं–३ का नर बहादुर खड्का, लोकतान्त्रिक, प्रजातान्त्रिक क्षेत्र नं–३ का सचिव सुरेश बानिया, क्षेत्रीय प्रतिनिधि मिना दाहाल र निर्वतमान भुपु सैनिक संगठनका अध्यक्ष एव कांग्रेस खजुराका नेता भिम राना लगायतको उपस्थिति रहेको वडा नं–४ का सभापति बल बहादुर केसीले बताउनुभयो ।

सो अवसरमा नेकपाका स्थानीय ३५ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको वडा समितिका कोषाध्यक्ष रेवती शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार केहीदिन अघि पनि सोही वडाका ८० जना युवाहरु कांग्रेसमा प्रवेश गरेका थिए ।

Previous articleकोभिड–१९ रिर्पोट व्यवस्थापन गर्ने प्रणालीको बिकास
Next articleनेपालगंजको मुटु, त्रिभुवन चोकको पर्दा उठेपछि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here