बाँकेका ३८ सहित एकैदिन ८० जनामा कोरोना पुष्टि

बाँके । आइतवार ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्ज, कोहलपुर र खजुराका गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकरएक जनामा संक्रमण भेटिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको हो ।

Previous articleनेपालगंजको मुटु, त्रिभुवन चोकको पर्दा उठेपछि !
Next articleउपमहानरपालिकालाई साढे तीन लाखको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here