
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको सुरक्षामा खटिएका बरिष्ठ प्रहरी नायब निरीक्षक प्रेम भण्डारीको मृत्यु भएको छ । बिमानस्थलमा कार्यरत बरिष्ठ सई भण्डारीको मंगलबार हृदयघातबाट मृत्यु भएको हो ।
भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढले लगत्तै उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले पुष्टि गर्नुभयो ।
डिएसपी घर्तिका अनुसार भण्डारीको हृदयघातबाट निधन भएको पाइएकोछ । ड्युटिमै रहेको बेला मङ्गलबार बेलुका पौने ६ बजे उनको मृत्यु भएको हो ।
यद्यपी पोष्टमार्टम रिर्पोटबाट थाहा हुने उहाँले बताउनुभयो । हृदयघातको लक्षण देखिएकोले पोष्टमार्टम रिर्पोटबाट मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।





