बाँकेका बिभिन्न कलेज तथा पालिकाहरुमा नमूना मतदानको अभ्यास

नेपालगञ्ज । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा नेपालगञ्जका बिभिन्न कलेजहरुमा नमूना मतदानको अभ्यास गरिएको छ ।

बाँकेमा संचालित परियोजना अन्तर्गत महेन्द्र बहुमुखि क्याम्पस नेपालगंज, मंगल मा.वि, ज्ञानेदय क्याम्पस र जनता मा.वि खजुरा, नरैनापुर गा.पा वडा नं. ४ र ५ का ७०० जना युवाहरुलाई एक दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरि नमूना मतदानको अभ्यास गरिएको हो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ निर्वाचनको प्रक्रिया आवश्यकता, मतदान गर्ने तरिका, मत बदर हुने अवस्था, मतदाताको अधिकार र दायित्व, मतदान प्रक्रियाका बारेमा छलफल गरिको थियो ।

कार्यक्रमलाई युवा अभियन्ताहरु सुरज गुरुङ्ग, स्वेता गुरुङ्ग, शुशिला सापकोटा, राजेन्द्र बिष्ट, अन्जना चतुर्वेदी, मकबुल अहमद मुकेरी, सिराज दरर्जी, बिनु बैजाली, अरुणा गुरुङ्ग, ऋष्टि चन्द, गुलजार अहमद मुकेरी लगायत युवाहरुले सहजीकरण गर्नुभएको आयोन बाँकेका फोकल पर्सन राजन बर्मा दिनुभयो ।

Previous articleगाउँपालिकाको ठप्प सेवा सुविधाप्रति जवाफ दिनुपर्छ : चौधरी
Next articleनरैनापुर र राप्ती सोनारीमा जहाँ समस्या, त्यहाँ पुग्ने नमुना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here