
नेपालगन्ज । बम बनाउने क्रममा बिस्फोट हुँदा नेपालगञ्जमा बुधबार राती मंगलबार राती करिब ८ बजेको समयमा दुई जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० को भृकुटी नगरस्थित एक घरको कोठामा बम बनाउने क्रममा पडकिँदा दुई जना घाइते भएको बताइएको हो ।
भृकुटी नगरस्थित एक घरमा बम फेला परेको बाँके प्रहरीले विप्लवका कार्यकर्ताहरु सोही घरमा भाडामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार विस्फोटमा परी डिल्ली विसी र धर्म सुनार घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरीले जनाएको छ ।
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघिय निर्वाचनलाई लक्षित गर्दै विप्लव समूहले प्रेसर कुकर बम बनाई रहेको हुन सक्ने प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बम पड्किएर घाईत भएका २ जना मध्य एकको अवस्था गम्भीर रहेको छ । खाट मुनि राखिएको अर्को अढाई लिटरको प्रेसर कुकर बमलाई भने नेपाली सेनाले डिस्पोज गरेको छ । विस्तृत विवरण आउन बाँकी ।





