कलेज तथा समुदायमा मतदाता शिक्षा अभिमुखिकरण

नेपालगञ्ज । कलेजमा अध्यनरत तथा समुदायका युवाहरुलाई प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ बारे मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ ।

बाँकेका बिभिन्न २० वटा कलेजस्तरीय तथा २० वटा समुदायस्तरीय कक्षाहरु संचालन गरिएको थियो ।

नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनामा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा बाँकेमा संचालित परियोजना अन्तर्गत महेन्द्र बहुमुखि क्याम्पस, मंगल मा.वि. नेपालगंज, होलिल्यण्ड कलेज, ज्ञानमैत्री कलेज, महेन्द्र मा.वि.सरस्वती मा.वि, ब्राईटल्यण्ड कलेज, आर्दश मा.वि, ज्ञानेदय क्याम्पस र जनता मा.वि खजुरा, जय किसान मा.वि र महेन्द्र मा.वि नरैनापुर गरि ४०० जना युवाहरुलाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको हो ।

यसै गरि जानकी, खजुरा, नरैनापुर र नेपालगंजमा समुदायस्तरीय २० वटा स्थानमा ४०० जना युवाहरुलाई १ दिने मतदाता शिक्षा अभिमुखिकरण प्रदान गरिएको छ ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ निर्वाचनको प्रक्रिया आवश्यकता, मतदान गर्ने तरिका, मत बदर हुने अवस्था, मतदाताको अधिकार र दायित्व, मतदान प्रक्रिया बारेमा छलफल गरिको थियो ।

कार्यक्रमलाई युवा अभियन्ताहरु सुरज गुरुङ्ग, स्वेता गुरुङ्ग, शुशिला सापकोटा, राजेन्द्र बिष्ट, अंजना चतुर्वेदी, मकबुल अहमद मुकेरी, सिराज दर्जि, बिनु बैजाली, अरुणा गुरुङ्ग, ऋष्टि चन्द ठकुरी, गुलजार अहमद मुकेरी, अनिल बर्मा, रुपेश बर्मा, दुर्गेश यादव, रहिमत जहाँ खान, दिव्या बर्मा, प्रतिभा मिश्रा लगायत युवाहरुले सहजीकरण गर्नु भएको आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।

Previous articleनेपालगञ्जमा बम बिस्फोट हुँदा दुई जना घाइते
Next article‘नमुना’को जित सुनिश्चित छ : मतदाता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here