
बाँके । राप्तिसोनारी र नरैनापुरवासीले बाँके क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी नमुनाको जित सुनिश्चित भएको बताएका छन् ।
मंसीर ४ गते हुने निर्वाचनमा घरदैलो अभियानमा रहनुभएकी नमुनालाई जिताउन यहाँका जनता एकजुट भएर लागेका छन् ।
नरैनापुरको विकासका लागि नमुनाबाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको उनीहरुको भनाइ छ ।
नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारीलगायत जिल्लाको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको यहाँका मतदाताको भनाइ छ ।
अन्धकार रहेको राप्तीपारिलाई विद्युतीकरण गर्न र राप्तीपारिलाई जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उहाँले अगुवाइ गर्नुभएको थियो ।
‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भन्नुभयो, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’
विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् । नमुनाले यसपालीको चुनाव नजिते पुनः राप्तीपारी पछाडि पर्ने उनीहरु बताउँछन् ।
राप्तीपारीको समृद्धि र विकासका लागि यसपाली नमुनाको विकल्प अरु नभएको यहाँका मतदाता भन्छन् ।