सबै मतदाताबीच पुगे स्वतन्त्र उम्मेदवार बिनोद कर्ण

नेपालगन्ज । बिजुलीको चिम (बल्ब) चुनाव चिन्ह पाएका बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाको लागी स्वतन्त्र उम्मेदवारी दिनुभएका डाक्टर बिनोद कर्ण आफ्नो निर्वाचन क्षेत्रको लगभग सबै मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणासंगै चुनाव लड्ने घोषणा गरेर मतदाता भेट्न सुरु गर्नुभएका डाक्टर कर्णले लगभग सबै मतदाताको घरदैलोमा पुगेको बताउनुभयो ।

स्वतन्त्र उम्मेदवार कर्णलाई मतदाताले समेत आ(आफ्नो टोल र वडामा बोलाई भेटघाट र आफ्ना समस्या राखेको उहाँले बताउनुभयो ।

बाँकेको युवा पुस्तामा मात्रै नभएर हरेक उमेर समुहमा स्वतन्त्र उम्मेदवार कर्णप्रतिको क्रेज बलियो बनेको मतदाता बताउदै आएका छन् ।

लामो समयसम्म ग्रीन नेपालगन्ज, क्लिन नेपालगन्ज अभियान मार्फत सरसफाइ र बृक्षारोपणमा योगदान दिँदै आउनुभएका कर्ण बाँकेको लागि आफैमा चर्चित अनुहार हो ।

क्षेत्रका विभिन्न संघ(संस्था, टोलमा गठन भएका विभिन्न समुह तथा स्वतन्त्र युवाहरुले डाक्टर कर्णको चुनावी अभियानलाई स्वतस्फूर्त रुपमा सहयोग गर्दै अभियानमा जोडिँदै चुनावी प्रचार तिब्र बनाएका छन् ।

राजनैतिक दलप्रतिको बितृश्णा र डक्टर कर्णको स्वच्छ छबिको कारण बाँके क्षेत्र नम्बर २ (ख) मा चुनावी माहोल स्वतन्त्र उम्मेदवारप्रति हावी भएको मतदाताहरु आकलन गर्न थालिसकेका छन् ।

बाँके क्षेत्र नम्बर २ (ख) बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका डाक्टर कर्ण मध्य तथा सुदुरपश्चिममै चर्चित प्लास्टिक सर्जन हुनुहुन्छ भने कर्णले लामोसमय देखि ग्रीन नेपालगन्ज क्लिन नेपालगन्ज नामक अभियान संचालन गर्दै आउनुभएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments