नक्कली नोट र देशी कट्टासहित नेपाल प्रवेश गर्न लागेका दुई जना पक्राउ

रुपैडिहा । भारतीय पहरीले आफ्नो सीमाक्षेत्रबाट ठुलो मात्रामा तीन लाख भारतीय र चार लाख चालिस हजार नेपाली नक्कली रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतको मिहिपुर्वा क्षेत्रमा पर्ने मुर्तिहा हुँदै दश लाख नक्कली नोटसहित नेपाल प्रवेश गर्न लागेका दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले थाना तिकुनिया निवासी ३९ वर्षीय अरुण सिंह र पुरेखेम पर्सिया थाना बजिरगंज निवासी ४० वर्षीय राजेश तिवारीलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक देशी कट्टा ३१५, २ थान गोली, ४ थान मोबाईल, एक थान मोटरसाईकल, ५९ हजार ६ सय ३० सक्कली भारतीय रुपैया र ३ वटा मिडियाको कार्ड समेत बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा भारतीय सीमा क्षेत्रमा रहेको सुजौली क्षेत्रदेखि लालबोझा जान लागेको र नेपाल प्रवेशमा रहेको बिना नम्बरको मोटरसाईकलसहित उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका सिंहमाथि थुप्रै अपराधिक गतिबिधिमा संलग्न रहेको बिभिन्न प्रहरी कार्यालयमा मुद्दा समेत दर्ता रहेको मुर्तिया प्रहरीले जनाएको छ ।

अभियुक्तलाई मुर्तिहा प्रहरी कार्यालयका उ.नि शशि कुमार राणा, उ.नि कमलेन्द्र प्रताप सिंह, आरक्षी रामू गौड, राजेश यादव, चालक आरक्षी हिमान्सुको टोली र कर्मगण एटिएस बहराईज युनिटका उ.नि रवि प्रकाश, हे.का. काजी अफजल अख्तर, का.रंजीत कुमार, का.सतिश कुमार हे.का.निरज सिंह र एटिएस श्रावस्ती युनिटका हे.का.अरुण कुमार दुबेको टोलीले पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लले जानकारी दिनुभएको छ ।

Previous articleनेपालगञ्जको तेलियनपुर ‘पूर्ण सरसफाई उन्मुख टोल’ घोषणा
Next articleबाँकेमा ६४ हजार मत बदर, सबैभन्दा बढि प्रदेशको समानुपातिकतर्फ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here