
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेकाे कार्यसमिति बैठकले विभिन्न निर्णय गरेकाे छ ।
पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा यही मंसिर १३ गते बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकाे हाे ।
महासंघ बाँकेका सचिव कमल डाँगीका अनुसार यस्ता निर्णयहरू गरिएका छन् ।
१) नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं वार्षिक साधारणसभा मिति २०७९ मंसिर २९ गते बाँकेको पर्यटकीयक्षेत्र गाभरमा सम्पन्न गर्ने निर्णय गरियो । साधारणसभाकै दिन लामो समयदेखि रोकिएका पुरस्कार समेत बितरण गरिने छ । साधारणसभा भब्यतापूर्वक सम्पन्न गर्न तयारीका बिभिन्न समितिहरु गठन गरिएको छ ।
२) साधारणसभा पूर्व नेपाल पत्रकार महासंघ बाँके शाखाका सम्पूर्ण सदस्यहरुलाई केन्द्रीय परिपत्र अनुसार यही मिति २०७९ मंसिर १५ गतेदेखि २०७९ मंसिर २५ गतेभित्र सदस्यता नविकरण खुल्ला गर्ने निर्णय गरियो । अनिवार्यरुपमा सदस्यता नविकरण गरिदिन हुन सबै सदस्यामा अनुरोध छ ।
३) नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार र आमनागरिकको हितलाई समेत ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो । उक्त कार्यका लागि बिभिन्न क्षेत्रका दाताहरुबाट सहयोग रकम प्राप्त भयो । सोही रकमबाट एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको थियो । तर सरकारले नयाँ कार्यबिधि ल्याएपछि महासंघले एम्बुलेन्स खरिद गर्ने अबस्था रहेन । बिभिन्न निकायसंग समन्वय गरी एम्बुलेन्स सन्चालन गर्ने अधिकतम प्रयास समेत सफल हुन ननसकेपछि मिति २०७९ मंसिर १२ गते महासंघ बाँकेका पूर्व अध्यक्ष,सल्लाहकार, आस्थागत संगठनका अध्यक्ष समेतको सर्बपक्षिय बैठकको सुझावका आधारमा एम्बुलेन्स खरिद सम्बन्धी निर्णयलाई पुनबिचार गर्ने गर्दै दाताबाट प्राप्त रु १२ लाख ८८ हजार सहयोग पत्रकार स्वास्थ्य उपचार कोषमा निर्माण गरी जम्मा गर्ने निर्णय गरियो । उक्त कोष सञ्चालनका लागि कार्यविधि बनाउने र सोका लागि उपसमिति गठन गरिएको छ । यस निर्णय निर्णयप्रति दाताका तर्फबाट पाँच दिनभित्र महासंघलाई आवश्यक सल्लाह,सुझाव एवं परामर्श दिन हुन सार्बजनिक आह्वान गर्ने निर्णय गरिएको छ ।
४) महासंघको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेबाट निर्वाचित हुनुभएका सम्पूर्ण जनप्रतिनिधिलाई हार्दिक बधाई दिने निर्णय गर्दै जिल्लाको विकास, नीति निर्माण, प्रेस स्वतन्त्रता एवं संचारका सवालमा उल्लेखिय काम हुने बिश्वास व्यक्त गरिएको छ ।





