मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध एकजुट हुुनुपर्छ : युवा

नेपालगञ्ज । मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्धबारे युवाहबीच छलफल गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार बाँकेका युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।

माइती नेपालको आयोजनामा भएको अभिमुखिकरणमा मानव बेचबिखन तथा ओसार पसार लैंगिक हिंसाको अवस्था, प्रकार जस्ता बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागि युवाहरुले समाजमा बिद्यमान समस्याको समाधानका कारणहरु समेत खोजेका थिए ।

लैंगिक हिंसा न्युनिकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने र भएका कानून कार्यान्वयन हुनुपर्नेमा सहभागि युवाहरुले जोड दिए । यस्तै मानव बेचबिखिन तथा ओसार पसार कार्य बिरुद्ध युवाहरुको मुख्य भूमिकाले कम गर्न सकिने संयुक्त बुझाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला युवा क्लब संजाल बाँके, समाज सेवा संस्था नेपाल कोहलपुर, खजुरा, नेपालगञ्ज र डुडुवा गाउँपालिकाका युवाहरुको सहभागिता रहेको अभिमुखिकरणलाई माईती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले सहजीकरण गर्नुभएको थियो ।

Previous articleबाँकेमा ५३८ जना एच आई भी संक्रमित एआरटी उपचार लिँदै
Next articleआज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here