बाँकेमा ५३८ जना एच आई भी संक्रमित एआरटी उपचार लिँदै

नेपालगञ्ज । बाँकेमा आर्थिक वर्ष २०७८/०७९ मा ५३८ जना एच आई भी संक्रमितले ए आर टी उपचार सेवा लिएको देखिएको छ ।

आर्थिक वर्षको उक्त तथ्याँक अनुसार ५३८ जना एच.आई.भी.संक्रमितले नेपालगञ्जस्थित भेरी अस्पतालमा ए.आर.टी.उपचारमा रहेको देखिएको हो । त्यस्तै जिल्लामा हालसम्म १७० जनाको मृत्यु भएको तथ्यांक छ ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु जस्तैः सुईद्वारा लागूपदार्थ प्रयोगगर्नेहरु, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि बिदेशिनेहरु हुन् । यीमध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूह भन्दा उच्च रहेको छ ।

नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ ले निर्देश अनुरुप उच्च जोखिममा रहेका समुहहरु जस्तै सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका ग्राहाकहरु, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पतिहरु र जेलमा रहेका कैदिहरुका लागि एचआईभी रोकथाम कार्यक्रम एवम् संक्रमित र प्रभावितहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भईरहेको छ ।

नेपालको बर्तमान एचआईभीको अबस्थालाई केन्द्रीकृत महामारी अर्थात (कन्सन्ट्टेड इपिडेमिक) को रुपमा परिभाषित गरिन्छ । यसको अर्थ एक वा सो भन्दा बढी एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर ५ प्रतिशत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम हुनु हो ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत्तरूपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाइने गरिन्छ ।

विश्व एड्स दिवस २०२२ “एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” “To Keep Everyone Safe, To Protect Everyone’s Health, We Need To Equalize” भन्ने मूल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईदैछ ।

Previous articleदाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन
Next articleमानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध एकजुट हुुनुपर्छ : युवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here