
क्रियाटिभ ह्यान्ड्सको आयोजना तथा क्रियाटिभगंज मिडियाको सहकार्यमा यहि मंसिर २४ गते धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण हुँदैछ । हरेक वर्ष मंसिर ४ गते हुने म्याराथन यस बर्ष प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले गर्दा समय सारिएको हो ।
२०१५ बाट शुरूवात भएको नेपालगन्ज म्याराथनले अहिले देशमा मात्रै नभइ बिदेशमा समेत नेपालगन्जलाई चिनाएको छ । यसपालीको धारा नेपालगन्ज म्याराथनलाई सफल पार्न हामीले आ आफ्नो ठाउँबाट सल्लाह सुझावमार्फत सहयोग गरौं । म्याराथन हुने मिति नजिएको छ । म्याराथनको हालसम्मको तयारी लगायतका अवस्थाका बारेमा रजिष्ट्रेशन हेड कपिल थापासंग कुराकानी गरेको छौं ।
आरामै हुनु हुन्छ ?
-हजुर आरामै
आठौं धारा म्याराथनको तयारी कस्तो छ ?
-शुरुवातको बर्षहरुमा केही कठिनाइ भएपनि हामीले सहज र सरल तरिकाबाट म्याराथन सम्पन्न गरेका थियौं । अहिले त सिक्दै बुझदै अगाडी बढिसकेका छौं । यो बर्षको तयारी हामीले एक महिना अगाडीबाट नै शुरु गरेका छौं । अब केही दिन मात्र बाँकी छ । सबैको साथ सपोर्ट छ, लगभग सबै तयारी पूरा छ ।
सामान्य अर्थमा म्याराथन भनेको दौडिनु त हो ? किन सहभागिता जनाउने भन्ने जस्ता कुरा आउँछ ?
-मानिसहरुको बुझाइको म्याराथन भनेको दौड मात्र हो । तर यो म्याराथन लामो रेसको दौड हो । यो पर्व नै हो । म्याराथन प्रत्यक्षरुपमै स्वास्थ र जिवनशैलीसंग जोडिएको छ । हरेक मानिस स्वस्थ हुनुपर्छ । धारा नेपालगन्ज म्याराथन अहिले देशमा मात्रै नभइ बिदेशमा पनि परिचित भैसकेको छ । यो देशको लागि गर्बको कुरा हो । यसमा पनि नेपालगन्जबासीको लागि त झनै छ ।
हालसम्मको तयारी अनुसार म्याराथनमा काहाँ काहाँबाट सहभागि हुने छन् ? के के बिधा छ्न ?
-सहभागिहरु निकै उत्साहित हुनु हुन्छ । काठमाडौ र पोखराको तुलनामा नेपालगन्ज म्याराथन धेरै सजिलो छ । बाटो उकालो उरालो छैन पुरै स्ट्रेट छ । ट्राफिक जाम हुने समस्या पनि छैन । यसपाली हामीले खेलाडीलाई इलेक्ट्रिक टाइम दिनेछौं । प्रतियोगितामा बाँके लगायत देशका अन्य जिल्लामा पोखरा र काठमाडौंको हुनुहुन्छ । बिभागिय टोली नेपाली सेना, नेपाल प्रहरी, शश्स्त्र प्रहरीका साथै बिदेशबाट केनिया, नाइजेरिया, फिलिपिन्स, पाकिस्तानबाट सहभागी हुनु हुन्छ । यो वर्ष हामीले दस वटा बिधा राखेका छौं । प्रथम हुनेलाई एक लाख ५० हजार, द्धितिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ३५ हजार नगद पुरुस्कार छ । सबैभन्दा लामो रेसको डौड ४२.१९५ छ । जो नेपालगन्ज उपमाहानगरपालिका देखि बनियाभारसम्म हो । महिलातर्फ फुलमा १० किलो मिटर, हाफमा ५ किलो मिटरको दौड छ ।
इभेन्ट गर्न आफैंमा गाह्रो काम हो । त्यस्मा पनि धारा नेपालगन्ज त भब्य हुने नै गर्छ । सहयोग र सहकार्य कसरी अगाडी बढेको अवस्था छ ?
-हो, कार्यक्रम गर्नुभन्दा सफल पार्नु ठुलो कुरा हो । धारा नेपालगन्ज म्याराथनलाई सुरुवातको वर्षबाट अहिलेसम्म सबैले आ आअफ्नो ठाउँ, क्षेत्रबाट सक्दो सहयोग गर्नु भएको छ । यसपाली हामीसंग हस्पिटल पाटनरका रुपमा वैस्टर्न हस्पिटल, शिखर इन्स्योरेन्स, सिद्धार्थ बैंक, हस्पिटालिटिमा होटेल सोल्टी, मिडिया पाटनरका रुपमा दैनिक नेपालगन्ज, हाम्रो खेलकुद.कम र कान्तिपुर दैनिक रहेका छ्न । साथै सबैको साथ सहयोग छ ।
अन्तमा म्याराथनलाई नेपालगञ्जबासीलाई के भन्न चाहनुहुन्छ ?
-हामी एकदमै तयारी अवस्थामा छौं । तपाईहरु सबै उत्साहपूर्वक सहभागिता जनाउनु हुनेछ । हाम्रो नेपालगन्ज सदभावको शहर हो । देश मात्र नभइ बिदेशमा पनि धारा नेपालगन्जले नेपालगन्जलाई चिनाइसकेको छ, त्यस कारण अब आठौ संस्करणमा दौडिन्छ नेपालगन्ज ।





