
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो ।
शनिबार दिउँसो नदी तर्ने क्रममा दुबै जना बेपत्ता भएका थिए । उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी एवं प्रवक्ता रामप्रसाद घर्तीमगरले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको जानकारी दिनुभयो ।
शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।





