नेपालगञ्जका एक जनप्रतिनिधिको निधन, २० गते सम्पूर्ण सेवा बन्द रहने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका एक जना वडा सदस्यको निधन भएको छ । वडा नं-६ का वडा सदस्य मदन बहादुर क्षेत्रीको सोमबार निधन भएको छ ।

वडा नं-६ का वडा अध्यक्ष समिर प्रताप सिंहका अनुसार केही दिनदेखि क्षेत्री अस्वास्थ्य हुनुभएको थियो । मुटुरोगको समस्या रहेको क्षेत्रीको उपचारकै क्रममा भारतको लखनऊमा सोमबार बिहान ५ बजे असामयिक निधन भएको हो ।

क्षेत्रीको परिवारमा ३ छोरा एक श्रीमती छन् । यस्तै क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दे नेपालगञ्ज उपमहानगरपालिकाले एक दिन आफ्नो सेवा बन्द गर्ने भएको छ ।

वडा सदस्यको निधनप्रति दुःख गहिरो सम्बेदना प्रकट गर्दै उपमहानगरले मंसिर २० गते मंगलबार अत्यावश्यक बाहेक नेपालगञ्जका २३ वटै वडाबाट प्रदान हुने सेवा एक दिन बन्द रहने जनाएको छ ।

Previous articleनेपालगन्जका १३ जना स्वास्थ्य स्वयंसेविका सम्मानित
Next articleनेपथ्यको कन्सर्ट हेर्न जाऔं, मानव सेवामा योगदान पुर्यौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here