भुरीगाउँमा सातौं बृहत रक्तदान

नेपालगन्ज । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा सातौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५ जनाले मंसीर २१ गते बुद्धवार रक्तदान गरेका छन् ।

ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालय सैनवार र आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुबाबा नगर समितिको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक, होमराज गिरी, राजेन्द्र महतरा, समिक्षा खडकालाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सातौं रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरकार्यपालिका सैनवार नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालले ६२ औं पटक, वडा नं. १ का वडाध्यक्ष निमराज खनाल, वडा नं. १ का वडाध्यक्ष कमल प्रसाद चपाई, पूर्व १ नं. वडाध्यक्ष श्यामलाल थारु, शिव प्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा सभापति यज्ञ प्रसाद नेपालले रक्तदान गर्नुभएको थियो ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं–१ वडा कार्यालयको परिसर अगाडी आयोजित रक्तदान कार्यक्रममा सह–आयोजकको रुपमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उप शाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, थारु समुदाय बिकास मञ्च, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, औषधी व्यवसायी संघ, विकास प्रेमी युवा समूह भुरीगाउँ, लायन्स क्लब अफ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, चुरे क्याम्पस बगनहा, मनुषा टिकासिंह बहुमुखी क्याम्पस, लायन्स क्लब अफ ठाकुरबाबा, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा, देबीदत्त ठाकुरबाबा, विकास प्रेमी युवा समूह, ईलाका प्रहरी कार्यालय बगनहा भुरीगाउँ, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नारी एकताा शक्ति, केन्द्र भुरीगाउँ, नेपाल शिक्षक महासंघ, सिको साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, प्रगति साकोस, किसान कमैया कल्याण साकोस, सगुन साकोस, कन्चन साकोस, मालिका साकोस, शिक्षक कल्याण साकोस, हिमालय सहकारी साकोस, ठाकुरबाबा बहुउद्देश्यीय सहकारी, नेउलापुर साना किसान, बगनाहा साना किसान, ठाकुरबाबा साना किसान लगायत बैंक तथा बित्तिय संस्थाहरुको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो ।

सो कार्यक्रम सफल पार्न नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम प्रसाद लम्सालको ठूलो योगदान रहेको हो र उहाँ विभिन्न पालिकामा रक्तदान कार्यक्रमको आयोजना गराउनका लागि धेरै नै मेहनत गरी रहनुभएको छ । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, चुरे क्याम्पस रेडक्रस समितिका विश्वास शाह, नेरेसो शाखा बर्दिया सन्तोष बोहरा, थारु समुदाय बिकास मञ्च आराधना चौधरी भण्डारी लगायत कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, राजेन्द्र महतरा, सन्दिप आचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी, समिक्ष खडका, बीरेन्द्र योगी लगायतले प्राविधिकमा अन्यमा थारु समुदाय विकास मञ्च भुरी गाउँका आराधना चौधरी भण्डारी कार्यक्रममा सहयोग गर्नु भएको थियो ।

सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहभागिता रहेको थियो । १८ जना रक्तदाताहरुले रक्तदान गर्न आएका थिए । तर केही प्राविधिक कारणले गर्दा रक्तदान गर्न सकेनन् ।

Previous articleपछिल्लाे वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो
Next articleभ्रष्टाचार हुने देशमा नेपाल १ सय १७ औँ स्थानमा, नियन्त्रणको सरकारी प्रयास असफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here