कोरोना पुष्टि भएका बाँकेमा आठौं व्यक्तिको मृत्यु

सांकेतिक तस्बिर

बाँके । कोरोना संक्रमण देखिएका नेपालगञ्जकी एक ८० वर्षीया महिलाको मृत्यु भएको छ । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान सात बजे मृत्यु भएको हो ।

नेपालगञ्ज–१६ का उनको मृत्यु भएपछि पिसिआर परीक्षण रिर्पोट पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनमा लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक महिलामा २१ गते साँझबाट स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज नोलगञ्जमा भर्ना गरिएको थियो ।

उनमा कोरोना संक्रमणको आशंका गरिपश्चात २२ गते बिहान स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो र आज मंगलबार दिउँसो मृत्यु पश्चात आएको परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको छ ।

योसंगै बाँकेमा संक्रमण देखिएका मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Previous articleबाँकेका १४ सहित ३३ जनामा कोरोना पुष्टि
Next articleनेपालगञ्जका डेरीहरुको अनुगमन, अनुमति नलिएका दुईको संचालनमा रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here