जानकी २ का ८० जनामा मोतिया बिन्दु फेला

जानकी । बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।

शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेको छ ।

मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पतालमार्फत अपरेसन हुने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिनुभयो ।

वडा नं २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताका अनुसार वडावासीहरूको स्वास्थ्य सेवाका लागि आगामी दिनमा वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । साथै जेष्ठ नागरिकहरूको लागि विशेष स्वास्थ्य योजना ल्याउने पनि बताउनुभयो ।

Previous articleनेपालगञ्जको राँझामा डेढ करोडको लागतमा बहुउद्देश्यीय भवन निर्माण शुरु
Next articleलैंगिक हिंसा न्यूनिकरण गर्न जरो पत्ता लगाउन जरुरी: सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here