लैंगिक हिंसा न्यूनिकरण गर्न जरो पत्ता लगाउन जरुरी: सहभागि

नेपालगञ्ज । ‘हिंसाको जरा पत्ता लगाउन नसकनु नै हिंसाको अन्त्य नहुनुको कारण भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सञ्चारिका समूहद्धारा आयोजित लैंगिक हिंसाको अवस्था र सरोकारावालाहरुको भूमिका विषयक अन्तरकृयामा कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको मुख्य जरो नै पत्ता नै नलाग्नुले पनि हिंसा न्युनिकरण हुन नसकेको बताएका हुन ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डे शरीरमा लाग्ने चोट मात्र नभएर महिलाको मानसिक रुपमा पुग्ने आघात पनि भएको प्रष्ट भएको बताउनुभयो ।

‘हिंसाको वास्तविक जरा अझैं पनि पत्ता लगाउन सकेका छैनौं र त्यो नै हिंसाको अन्त्य हुन नसक्नुको मुख्य कारण हो ।’ प्रमुख मञ्जु पाण्डेले भन्नुभयो ,‘लैंगिक हिंसाका घटनालाई निमिट्यान्न पार्नका लागि सुक्षम रुपले बाँकेमा त्यस्तो संघसंस्था नभएको पाए ।’

कार्यक्रममा सहभागी अभियान नेपालका अध्यक्ष कमला पन्तले लैंगिक हिंसाका स्वरुपहरु परिवर्तन हुँदै समाजमा घटिरहेको बताउनुभयो । जस्लाई सञ्चार माध्यमहरुले स्थान दिएका छन् । र अझैं महिलाका सवालमा कार्यस्थलमा हुने हिंसा पनि प्रमुख समस्या बन्दै गई रहेको हुनाले त्यस्ता घटनाप्रति पनि सञ्चारकर्मीहरुको ध्यान जान आवश्यक रहेको उहाँको जोड थियो ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, नेकपा एमाले केन्द्रिय सदस्द शान्ति ढकाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रक्रृषि चौलागाई, निल सागर सेवा आश्रमका सञ्चालक सरिता खनाल, नेपाल लेखक संघका केन्द्रिय सदस्य रिचा लुईटेल, नेकपा माओबादी केन्द्रका रेनुका खड्का, राष्ट्रिय युवा परिषदका सदस्य मिना चदरा, पत्रकार शंकर खनाल, बाँके जिल्ला प्रहरी कार्यालयका महिला सेलका प्रमुख प्रहरी निरिक्षक महेश्वी विष्ट लगायतले महिला हिंसाका सवालमा आआफ्ना धारणा राख्नुभएको थियो ।

सञ्चारिका अध्यक्ष रुपनी जि.एमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाँकेका विभिन्न संघ संस्थामा कार्यरत सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सञ्चारिका बाँके शाखा महासचिव पवित्रा परियारले सञ्चालन गर्नुभएको थियो भने सहभागीहरुलाई उपाध्यक्ष सरला सुबेदीद्धारा स्वागत गरिएको थियो ।

Previous articleजानकी २ का ८० जनामा मोतिया बिन्दु फेला
Next articleप्याब्सन नेपालगञ्ज तेस्रो चेस प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here