नेपालगञ्ज म्याराथनमा पत्रकारमाथि दुव्र्यहार गर्ने शाहलाई कारवाही माग

नेपालगञ्ज । अनलाइन पत्रकार संघ नेपालले बाँकेको नेपालगन्ज म्याराथनमा पत्रकारमाथि दुव्र्यहार गर्ने आयोजक टिमका व्यवस्थापक सौगात शाहलाई कारवाही गर्न माग गरेको छ ।

प्रतियोगिताको समाचार संकलनमा गएका पत्रकारमाथि दुव्र्यहार गरेर शाहले समाचार संकलनमा रोक समेत लगाएको घटनाप्रति भत्र्सना गर्दै संघले यस्तो माग गरेको हो ।

समाचार संकलनमा पुग्नुभएका पत्रकार रुद्र सुवेदीसहितका आधा दर्जन पत्रकारमाथि शाहले दुव्र्यहार गरी समाचार संकलनमा रोक लगाएका थिए ।

पत्रकारमाथि यसरी दादागिरी मच्चाउने र समाचार संकलनमा रोक लगाई दुव्र्यहार गरेको भन्दै बाँकेका पत्रकारहरुले उनीमाथि कारवाहीको माग गरेका हुन ।

यस घटनाका बारे आयोजक संस्था क्रियटिभ हेन्डसका प्रमुख टिएस ठकुरीलाई जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नदिएको र यसबारे चासो नै नदेखाएको पत्रकारहरुले गुनासो गरेका छन ।

घटनामा संलग्न शाहलाई कारवाही नगरिए संघ लगायत बाँकेका पत्रकारले आयोजक संस्थाका आगामी सबै कार्यक्रम बहिस्कार गर्ने बताएका छन ।

Previous articleप्याब्सन नेपालगञ्ज तेस्रो चेस प्रतियोगिता
Next articleलुम्बिनी सरकारको ५ वर्षमा एक खर्ब ४ अर्ब बजेट खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here