प्याब्सन नेपालगञ्ज तेस्रो चेस प्रतियोगिता

नेपालगञ्ज । प्याब्सन नेपालगंज तेश्रो संस्करणको चेस प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नेपालगंजद्वारा मंसिर २२ र २३ गते गरी दुई दिनमा आधारभुत तहमा छात्रा तथा छात्र र माध्यमिक तहमा छात्रा तथा छात्र गरी छुट्टा छुट्टै ४ वटा इभेन्टहरुको आयोजना गरिएको हो ।

सबै इभेन्ट ५ राउण्डमा प्रतिस्पर्धा गराईएको प्रतियोगितामा नेपालगंजका १७ वटा विद्यालयहरुले भाग लिएका थिए । आधारभुत तहको छात्रातर्फ ११ जना सहभागीहरु मध्येबाट सबै राउँण्ड जित्दै सगरमाथा स्कुल कक्षा ३ मा अध्ययनरत इशा गिरी ५ अंकका साथ प्रथम, नेपालगंज मोडल एकेडेमी कक्षा ८ की श्रृष्टी शाह ४ अंकसहित दोश्रो र ३ अंक ल्याउँदै पशुपति स्कुल राझाकी निरुता कार्की तेश्रो हुनुभएको हो ।

१५ जना खेलाडीहरुबीच भएको आधारभुत तहमा छात्रतर्फ पशुपति स्कुलका सग्यान पाण्डेलाई हराउँदै ४.५ अंकका साथ जय वागेश्वरी स्कुल कक्षा ८ का हेमाङबाबु सिंह प्रथम, ४ अंक ल्याई एन्जल्स स्कुलका संस्कार भट्ट दोश्रो र नेपालगंज मोडल एकेडेमीकै अनुपजंग शाह ३.५ अंकका साथ तेश्रो हुनुभयो ।

११ जना प्रतिस्पर्धी रहेको माध्यमिक तहको छात्रातर्फ भेरी विद्याकी गरिमा श्रेष्ठलाई हराउँदै पशुपतिकै सलिना थापा ४.५ अंकसहित प्रथम र समान ३.५ अंक भएतापनि १४.५ Buchholz साथ सगरमाथाकै प्रतिभा भण्डारी दोश्रो तथा ३.५ अंक र १० Buchholz का कारण जय वागेश्वरीकी जेनेलिया चन्द तेश्रो हुनुभएको छ ।

यस्तै १४ जनाबीच भएको माध्यमिक तहमा छात्रतर्फको प्रतिस्पर्धामा आदर्श स्कुलका आदेश पुनलाई हराउँदै सगरमाथाकै हिमाल नाथ योगी ५ अंकका साथ प्रथम, आदर्शका आदेश पुन ४ अंकका साथ दोश्रो र ३ अंक जोडी भेरी विद्याका अभय बर्मा तेश्रो हुन सफल हुनुभयो ।

त्यस्तै छात्रातर्फ २२ र छात्र २९ गरि कुल ५१ खेलाडी सहभागी रहेको प्रतियोगिताको ४ इभेन्टका कुल १२ वटा मेडलहरु मध्ये सगरमाथाले ३, जय वागेश्वरी, पशुपति र नेपालगंज मोडल एकेडेमीले २/२ र एन्जल्स, आदर्श तथा भेरी विद्याले १/१ वटा मेडल हासिल गरेको चिफ आर्विटर पशुपति नाथ योगीले जानकारी दिनुभयो ।

Previous articleलैंगिक हिंसा न्यूनिकरण गर्न जरो पत्ता लगाउन जरुरी: सहभागि
Next articleनेपालगञ्ज म्याराथनमा पत्रकारमाथि दुव्र्यहार गर्ने शाहलाई कारवाही माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here